सन्त रामपाल
रामपाल (जन्म: ८ सेप्टेम्बर १९५१) एक भारतीय धार्मिक सम्प्रदायका नेता र कबीर पन्थी सन्त हुन्।[२]
सन्त रामपाल जी महाराज | |
---|---|
जन्म | रामपाल सिंह जट ८ सेप्टेम्बर १९५१ धानाना गाउँ, पन्जाब (हाल सोनिपत, हरियाणा), भारत |
अन्य नाम | रामपाल दास |
शिक्षा | सिभिल इन्जिनियरिङमा स्नातक |
पेशा | धार्मिक सम्प्रदायका नेता |
संस्थान | सत्लोक आश्रम |
अग्रज | स्वामी रामदेवानन्द |
घटना विवरण | |
देश | भारत |
राज्य | हरियाणा |
हिरासत मिति | १९ नोभेम्बर २०१४ |
कारागार | हिसार केन्द्रीय कारागार-२[१] |
उनी गरीब दास पन्थ सम्प्रदायका स्थानीय द्रष्टा र हिन्दु सन्त स्वामी रामदेवानन्दका शिष्य हुन्। सन् १९९४ मा स्वामी रामदेवानन्दले उनलाई आफ्नो उत्तराधिकारीको रूपमा चयन गरेका थिए, जसका कारण रामपालले जुनियर इन्जिनियरको जागिर छोडेका थिए।[३] उनी र उनका अनुयायीहरूले सन् १९९९ मा हरियाणाको रोहतकमा सतलोक आश्रमको स्थापना गरेका थिए[४] र झज्जर र रोहतकमा अन्य धेरै आश्रमहरू सुरु गरेका थिए।[३]
सन् २००६ मा रामपालले आर्य समाजको केन्द्रीय पुस्तक सत्यार्थ प्रकाशका केही अंशप्रति सार्वजनिक रूपमा आपत्ति जनाएका थिए।[५] जुलाई २००६ मा, आर्य समाजका अनुयायीहरू र रामपालका समर्थकहरूबीच सतलोक आश्रममा हिंसात्मक मुठभेड भएको थियो, जसको कारण आर्य समाजका एक अनुयायीको मृत्यु भएको थियो। रामपालमाथि मुठभेड भड्काएको आरोप लागेको थियो र हत्याको अभियोगमा पक्राउ गरिएको थियो। २१ महिना जेलमा बिताएपछि उनी सन् २००८ मा जमानतमा रिहा भएका थिए।[६]
तर, सन् २०१४ मा रामपाल पटक–पटक अदालतमा उपस्थित नभएपछि अवहेलनाको आरोपमा उनलाई पक्राउ गर्न आदेश दिइएको थियो।[७] त्यसपछि प्रहरीले सतलोक आश्रममा आक्रमण गर्ने प्रयास गरेको थियो, जहाँ उनीहरूले रामपालका अनुयायीहरूसँग हिंसात्मक झडप भएको थियो। प्रहरी र उनका अनुयायीहरूबीचको गतिरोधले मिडियाकर्मीहरू सहित धेरै मानिसहरूलाई घाइते भएका थियो र एक हप्ताको लामो घेराबन्दीको क्रममा ६ जना मारिएका थिए।[२] पछि, रामपाललाई गिरफ्तार गर्दै मुद्दा चलाउन चण्डीगढ लगिएको थियो। २० डिसेम्बर २०२२ मा उनी आरोपबाट मुक्त भएका थिए।[८]
रामपाललाई गलत तरिकाले बन्धक बनाउने, हत्या गर्ने, राजद्रोह गर्ने लगायतका आरोप लगाइएको थियो। सन् २०१८ मा उनी र उनका २६ जना अनुयायीलाई हत्या (अन्य अपराधका साथै) मा दोषी ठहर गरिएको थियो र सन् २०१४ को गतिरोधका क्रममा ६ जनाको मृत्यु भएको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो।[९]
सन्दर्भ सामग्रीहरू
- ↑ "Highlights: Rampal case verdict: Self-styled godman acquitted in two criminal cases, to remain in jail", Hindustan Times, २९ अगस्ट २०१७, मूलबाट २१ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१८।
- ↑ २.० २.१ "Haryana police storm godman Rampal's ashram, main gate damaged: Report | India News - Times of India", The Times of India (अङ्ग्रेजीमा), TNN, Nov १८, २०१४, अन्तिम पहुँच २०२२-१०-०८।
- ↑ ३.० ३.१ "From Junior Engineer To Godman: The Rise, Arrest And Fall Of Rampal", NDTV.com, अन्तिम पहुँच २०२२-१०-०८।
- ↑ "Rampal: How did an engineer become a revered guru?", BBC India, १९ नोभेम्बर २०१४, मूलबाट १५ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१८।
- ↑ Deepender Deswal (१३ मे २०१३), "Rohtak clash: Sant Rampal triggered it", The Times of India, मूलबाट २१ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१४।
- ↑ Avijit Ghosh (Nov २१, २०१४), "Rampal pleads he was held hostage; sent to police custody | India News - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०८।
- ↑ "Indian Guru Rampal arrested after deadly ashram clashes", BBC News (अङ्ग्रेजीमा), २०१४-११-१९, अन्तिम पहुँच २०२२-१०-०८।
- ↑ Awasthi, Ashwani (२० डिसेम्बर २०२२), "Breaking News : सतलोक आश्रम मामले में कथित संत रामपाल समेत 24 आरोपित कोर्ट से बरी | Hari Bhoomi", www.haribhoomi.com (हिन्दीमा), अन्तिम पहुँच २० डिसेम्बर २०२२।
- ↑ "Godman Rampal convicted in two murder cases, punishment next week", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०८।