सङ्घीय लिम्बुवान राज्य परिषद्
सङ्घीय लिम्बुवान राज्य परिषद् नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष सञ्जुकुमार पालुङ्वा हुन्। सङ्घीय लिम्बुवान राज्य परिषद्को केन्द्रीय कार्यालय झापा जिल्लाको बिर्तामोडमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह झण्डाभित्र फूल थियो।[१] सङ्घीय लिम्बुवान राज्य परिषद्ले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ३,०६३ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ७,०६३ मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।