संयुक्त वाम मोर्चा (नेपाल, वि.सं. २०४६)

संयुक्त वाम मोर्चा नेपालमा पञ्चायती शासन व्यवस्थाको बिरोध गर्ने कम्युनिष्ट पार्टीहरूको गठबन्धन थियो। संयुक्त वाम मोर्चा बि.सं. २०४६ मा बनेको थियो र नेपाली कांग्रेससँग मिलेर आन्दोलन गरेको थियो । २०४६ को जनआन्दोलन ले पञ्चायती शासन व्यवस्थाको अन्त्य गरी बहुदलीय निर्वाचनको बाटो ल्यायो। संयुक्त वाम मोर्चाका घटकहरू थिए:

संयुक्त वाम मोर्चाकी नेतृ नेकपा (मार्क्सवादी)की सहाना प्रधान थिइन् । २०५९ मा संसद विघटन र राजाको प्रत्यक्ष शासन पछि, पाँच साना वाम दलहरूले संयुक्त वाम मोर्चा (नेपाल) (२०६२/६३) लाई परिचालन गरे। सन् २०६२ मा तीमध्ये चार दल दुई पार्टीमा गाभिएपछि संगठन तीन दल बनेको थियो ।