श्यामप्रसाद शर्मा

श्याम प्रसाद शर्मा

श्यामप्रसाद शर्मा प्रयोगवादी धारामा कलम चलाउने साहित्यकार थिए।[१] उनको जन्म वि. सं. १९८६ असार ६ मा मकवानपुर जिल्लाको सोलिथुममा भएको थियो। उनले कक्षा १० सम्मको औपचारिक अध्ययन पुरा गरेका थिए। [२]

श्यामप्रसाद शर्मा
जन्मवि.सं. १९८६ असार ६
सोलिथुम, मकवानपुर, नेपाल
मृत्युवि.सं. २०७४ वैशाख २४
काठमाडौँ
पेशासाहित्यकार
राष्ट्रियतानेपाल नेपाली
उल्लेखनीय पुरस्कारहरूमहेन्द्र प्रज्ञा पुरस्कार, मुक्ति पुरस्कार
जीवनसाथीशशीकला

जीवनकाल सम्पादन गर्नुहोस्

उनले आफ्ना जीवनकालमा विभिन्न कामहरूमा सरिक भएका थिए। उनको सेवा तथा संलग्नतालाई निम्नानुसार सूचीबद्ध गर्न सकिन्छ:

  • भूमिगत जीवन (वि. सं. २०२४ - २०४६ सम्म)
  • "सेवा" मासिक पत्रिकाको सम्पादक (२००६)
  • प्रगतिशील लेखक संघ वीरगंजका अध्यक्ष
  • "स्वास्नी मान्छे" पत्रिकाको सम्पादन (२०१५)
  • "साहित्य सेवा सदन" पत्रिकाको सम्पादन र प्रकाशक (२०१६)

सम्मान तथा पुरस्कारहरू सम्पादन गर्नुहोस्

उनले नेपाली साहित्यमा गरेको योगदान स्वरूप उनलाई विभिन्न सम्मान तथा पुरस्कारहरूले सम्मानित गरिएको छ। जसलाई निम्नानुसार उल्लेख गरिएको छ:

  • मुक्ति पुरस्कार (२०५०)
  • महेन्द्र प्रज्ञा पुरस्कार (२०५०)

कृतिहरू सम्पादन गर्नुहोस्

उनी विक्रम संवत् २००२ तिर "उदय" नामक पत्रिकामा "सन्देश" शीर्षकको कविता प्रकाशन गराएर नेपाली साहित्यको क्षेत्रमा प्रवेश गरेका हुन्। उनी निबन्धमा बढी दख्खल भएका साहित्यकार हुन् त्यसकारण उनलाई निबन्धकारका कार्यक्रममा बढी चिनिन्छ। तसर्थ उनका प्रमुख निबन्धात्मक कृति हरू निम्न अनुसार छन्:

  • बहिनीलाई चिठ्ठी भाग-१ (२००८)
  • बहिनीलाई चिठ्ठी भाग-२ (२०१२)
  • तँ, तिमी, तपाईं, हजुर (२०१४)
  • मेरी आमा (२०२३)
  • थुनुवाको डायरी (२०३८)
  • केही साहित्यकार र साहित्य (२०४२)

उनका निबन्धगत प्रविधिलाई बुँदागत रुपमा यसरी केलाउन सकिन्छ:

  1. आत्मपरक निबन्ध
  2. प्रगतिवादी निबन्धकार
  3. व्यंग्यात्मक निबन्धका
  4. समतामुलक समाजको निर्माण गर्न चाहने निबन्धकार
  5. समाजमा हुने गरेका शोषण, असमानता, भेदभाव आदिको अन्त्यको चाहना राख्ने निबन्धकार
  6. समाज सुधारको अपेक्षा राख्ने निबन्धकार
  7. आर्थिक शोषण प्रति विद्रोहको स्वर व्यक्त गर्ने निबन्धकार
  8. सामाजिक यथार्थवादी निबन्धकार
  9. माक्सवादी विचारबाट प्रभावित निबन्धकार
  10. वर्गीय समानता प्रती तीब्र आक्रोश बोक्ने निबन्धकार, आदि।

मृत्यु सम्पादन गर्नुहोस्

आत्मपरक शैलीको प्रयोक्ता, राष्ट्रवादी भावना र प्रगतिबढी स्वर व्यक्त गरी साहित्यका माध्यमबाट नेपाल र नेपालीको हृदयमा बस्न सफल भएका उनै साहित्यकारको मृत्यु वि. सं. २०७४ साल वैशाख २४ गते ९८ वर्षको उमेरमा भएको थियोे। उनी अल्जाइमर रोगबाट ग्रसित थिए।[३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "श्यामप्रसादको शब्द यात्रा", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  2. "श्यामप्रसाद शर्माको निधन : को हुन् श्यामप्रसाद ?", खसोखास (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  3. "साहित्यकार श्यामप्रसाद शर्माको निधन", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 

बाह्य कडी सम्पादन गर्नुहोस्