शौनक गोत्र हिन्दू धर्मावलम्बीको एक गोत्र हो । शौनक गोत्रका गोत्र प्रवतक शौनक ऋषि हुन् । शौनक ऋषि वेदका ज्ञाता थिए । यी प्राचीनकालमा वेदको शिक्षा दिने गुरु थिए । शौनक गोत्रका तीन प्रवर (शौनक, वशिष्ठ, परासर) हुन्छन । यस कारण शौनक गोत्रीहरू शौनक ऋषि वशिष्ठ ऋषि, परासर ऋषिका सन्तान हुन् । बशिष्ठ अयोध्याका राजाका कुलगुरू थिए । शौनकको शिक्षा पाउनेहरू शौनक गोत्रीय भए । कत्युरी नरेश का वंशज डोटी बोगटानका बम (थर)/ बम /रजवार ठकुरीहरू , दार्चुलाका पाल रजवार ठकुरी, डोटी रैका राजाका वंशज(जुम्लाको रैका मल्ल राजा ) भारत उत्तराखन्ड कुमाउँ असकोट पिथौरागड का पाल रजवार शौनक गोत्रका छन् । डोटी बोगटानमा मोहन्याल देवताका धामी भरांडी भएका ताडी क्षेत्री र बोहरा क्षेत्रीको पनि शौनक गोत्र छ । कत्युरी नरेश का वंशजले ताडी र बोहरा लाई आफ्नो शौनक गोत्र दान गरेर आफ्ना कुलदेवता कार्तिकेय (मोहन्याल) को धामी ,भरांडेको कार्यभार सुम्पेको हो भन्ने मान्यता छ । यस कारण डोटी बोगटानका राजा मानिने कार्तिकेय (मोहन्याल) कुलदेवता भएका ठकुरी रजवारहरूले धेरै लाई शौनक गोत्र दान गरेका छन् । डोटीमा रावल ,कलेल, मल्लको पनि शौनक गोत्र छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्