शान्तरक्षित
शान्तरक्षित, आचार्य शान्तरक्षित वा महोपाध्याय शान्तरक्षित (सन् ७२५-७८८), (तिब्बती: མཁན་ཆེན་ཞི་བ་འཚོ།) [१] आठौँ शादब्दीको भारतीय बौद्ध ब्राह्मण र नालन्दा बौद्ध विश्वविद्यालयको एक प्रसिद्ध विद्वान आचार्य तथा मठाधीश थिए। उहाँले योगाचारा स्वतन्त्रिक् माध्यमिकको दार्शनिक स्थापन पनि गर्नु भएको थियो जुन आचार्य नागार्जुनको माध्यमिक सम्प्रदाय र आचार्य असंगको योगाचारा तथा आचार्य धर्मकीर्तिको तार्किक एवं ज्ञानमीमांसीय मध्यमक सम्प्रदाय साथ सम्बन्धित रहेको छन्। उहाँ आठौँ शादब्दीको तिब्बती सम्राट ठ्रीस्रोङ देउचनको निमन्त्रणा अनुसार नालन्दा देखि तिब्बत सम्म यात्रा गरी तिब्बतमा बौद्ध धर्मको परिचय साथै मूलसर्वास्तिवादी अनुसार विनय शासन अथवा प्रतिमोक्षा-संवरको परम्पर स्थापन गरी तिब्बतको पहिलो बौद्ध शैक्षिक केन्द्र (བསམ་ཡས་གཙུག་ལག་ཁང་།) सम्यास चुग्लगखङमा विनयसुत्रको शिक्षा दिनु भएकोले तिब्बती बौद्ध सम्प्रदायको इतिहासमा उहाँको एक महत्त्वपूर्ण भूमिका रहेको छ। त्यस समयमा उहाँले सम्यास शैक्षिक केन्द्रमा संस्कृत भाषाको गुरु र बौद्ध ग्रन्थको अनुवाद कार्यमा मार्गदर्शन पनि गर्नु भएको थिए। तिब्बती इतिहासमा उहाँको निधन नौ सय सालको उमेरमा तिब्बत मै भएको उल्लेख गरेको छन्।
आचार्य शान्तरक्षित མཁན་ཆེན་ཞི་བ་འཚོ། | |
---|---|
![]() तिब्बती शैलीमा लेखिएको आचार्य शान्तरक्षितको थाङ्ग | |
जन्म | भारत |
मृत्यु | सन् ७८८ तिब्बत |
पेशा | बौद्ध आचार्य, महोपाध्याय |
चिनारीको कारण | योगाचारा स्वतन्त्रिक् माध्यमिकको दार्शनिक तथा तिब्बती बौद्ध धर्मको संस्थापक |
धर्म | भारतीय महायान बौद्ध धर्म |
जीवनीसम्पादन
शान्तरक्षितको प्रमुख भारतीय शिष्यहरूसम्पादन
- आचार्य हरिभाद्र (बौद्ध दार्शनिक)
- आचार्य कमलशील
तिब्बतको यात्रा र शिक्षासम्पादन
कृतिहरूसम्पादन
- मध्यमकालंकार कारिका
सन्दर्भसम्पादन
- ↑ stanford.edu: Śāntarakṣita (Stanford Encyclopedia of Philosophy)