शंकरदेव पन्त शङ्करदेव क्याम्पसका संस्थापक हुन्।वि.सं. २००८ मा उनले रानीपोखरीस्थित दरबार हाइस्कुलको तल्लो तलाको तीन कोठामा आफ्नो व्यक्तिगत लगानीमा "नेपाल नेसनल कलेज" स्थापना गरेका थिए। उनको निधनपछि वि.सं. २०३० साउन १ मा उक्त कलेजलाई शंकरदेव क्याम्पस नामाकरण गरिएको हो। उनले रवीन्द्रनाथ ठाकुरद्वारा रचित गीताञ्जलीलाई नेपाली मा अनुवाद गरेका थिए।[१]

शंकरदेव पन्त
जन्मवि.सं. १९६६
मृत्युवि.सं. २०३०
पेशाप्रर्चाय
चिनारीको कारणशंकरदेव क्याम्पसका संस्थापक

शिक्षा सम्पादन गर्नुहोस्

शंकरदेव पन्तले दरबार हाइस्कुलबाट प्रवेशिका एस्.एल्.सि. र त्रिचन्द्र कलेजबाट आइ.ए. र बि.ए. उत्तीर्ण गरी पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. गरेका थिए ।

वि सं २००४ मा भएको काठमाडौँ नगरपालिकाको चुनावमा पन्त उपमेयर चुनिएका थिए।।[२] बि सं २०१० बैशाख १ मा रुद्रराज पाण्डेको सभापतित्व गठन गरिएको नव- निर्मित शिक्षा समितिमा पन्त सदस्य रहेका थिए। यो समितिमा महाकवि लक्ष्मीप्रसाद देवकोटा उपसभापति थिए।  [३]

सम्मान सम्पादन गर्नुहोस्

  • गोरखा दक्षिण बाहु (अस्विकार )-वि.सं २०२३

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "श्री श्री कवीन्द्र रवीन्द्रनाथ ठाकुर गीतान्जली (नेपाली भाषामा)", मदन पुरस्कार पुस्तकालय (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  2. "यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  3. नेपाल गजेट