शङ्करदेव पन्त
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
शंकरदेव पन्त शङ्करदेव क्याम्पसका संस्थापक हुन्।वि.सं. २००८ मा उनले रानीपोखरीस्थित दरबार हाइस्कुलको तल्लो तलाको तीन कोठामा आफ्नो व्यक्तिगत लगानीमा "नेपाल नेसनल कलेज" स्थापना गरेका थिए। उनको निधनपछि वि.सं. २०३० साउन १ मा उक्त कलेजलाई शंकरदेव क्याम्पस नामाकरण गरिएको हो। उनले रवीन्द्रनाथ ठाकुरद्वारा रचित गीताञ्जलीलाई नेपाली मा अनुवाद गरेका थिए।[१]
शंकरदेव पन्त | |
---|---|
जन्म | वि.सं. १९६६ |
मृत्यु | वि.सं. २०३० |
पेशा | प्रर्चाय |
चिनारीको कारण | शंकरदेव क्याम्पसका संस्थापक |
शिक्षा
सम्पादन गर्नुहोस्शंकरदेव पन्तले दरबार हाइस्कुलबाट प्रवेशिका एस्.एल्.सि. र त्रिचन्द्र कलेजबाट आइ.ए. र बि.ए. उत्तीर्ण गरी पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. गरेका थिए ।
वि सं २००४ मा भएको काठमाडौँ नगरपालिकाको चुनावमा पन्त उपमेयर चुनिएका थिए।।[२] बि सं २०१० बैशाख १ मा रुद्रराज पाण्डेको सभापतित्व गठन गरिएको नव- निर्मित शिक्षा समितिमा पन्त सदस्य रहेका थिए। यो समितिमा महाकवि लक्ष्मीप्रसाद देवकोटा उपसभापति थिए। [३]
सम्मान
सम्पादन गर्नुहोस्- गोरखा दक्षिण बाहु (अस्विकार )-वि.सं २०२३
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "श्री श्री कवीन्द्र रवीन्द्रनाथ ठाकुर गीतान्जली (नेपाली भाषामा)", मदन पुरस्कार पुस्तकालय (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२।
- ↑ "यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२।
- ↑ नेपाल गजेट