वेडेन पावेल शिखर ब्याज

वेडेन पावेल शिखर ब्याज ब्वाय्\गर्ल स्काउटलाई सदस्यता ब्याज प्रदान गरिएपछि प्रदान गरिने दोस्रो चरणको ब्याज हो । यो ब्याज स्काउटलाई दिक्षा दिए पछि स्काउटहरूलाई प्रदान गरिने ब्याज हो । यो ब्याजको भूमी हरियो हुन्छ । जसले स्काउटहरूलाई नेपालको धनको रूपमा रहेको हरियो वनपाखाको प्रतिनिधित्व गराउँछ । यस ब्याजको माथिल्लो भागमा सेतो हिमाल अङ्कित छ । जसले नेपालको वेडेन पावेल शिखर हिमालको प्रतिनिधित्व गर्दछ ।

हिमाल भन्दा तल भागमा पहेलो रंगमा ब्वाय्\गर्ल स्काउटको सिद्धान्त ‘‘तयार होउ’’ रहेको हुन्छ । जसले स्काउटहरु जुनसुकै समयमा पनि सारिरीक र मानसिक लगायत सबै प्रकारले तयार रहन्छन् भन्ने कुरा जनाउँछ । [१]

प्रक्रिया सम्पादन गर्नुहोस्

[२] वेडेन पावेल शिखर ब्याज प्राप्त गर्नको लागि स्काउटले आफ्नो स्काउट मास्टरलाई तपसिलका विषयको परीक्षा दिई उहाँको विश्वास प्राप्त गर्नु पर्नेछ

शारीरिक स्वास्थ्य सम्पादन गर्नुहोस्

  • स्काउटले कवाजको नियम, सर्तक, गोडा फाट, दायाँ फर्क, बायाँ फर्क, पंक्ति तोड, लाईन मिल, ‘यू’ आकारमा रहने, विश्रामको ज्ञान आदि कुरा जानेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले दुई वटा टोली खेल खेल्ने तरिकाको ज्ञान जानेको हुनुपर्ने छ ।
  • स्काउटले शारीरिक स्वास्थ्य अन्र्तगत शारीरिक शिक्षामा एउटा प्रोफिसियन्सी ब्याज प्राप्त गरेको हुनुपर्ने छ ।
  • स्काउटले स्काउट चालमा हिड्ने तरिका जानेको हुनुपर्ने छ ।

बौद्धिक खुबी सम्पादन गर्नुहोस्

  • बौद्धिक खुबी अन्र्तगत स्काउटले नेपाल स्काउट गीत, राष्ट्रिय झण्डाको बनावट, फहराउने तरिका,सम्मान गर्ने तरिका जानेको हुनुपर्ने छ ।
  • यसका साथै स्काउटले ट्रुप झण्डाको ज्ञान, ट्रूपको इतिहास, नियम, प्रतिज्ञा, हात मिलान, स्काउट प्रणाम, सिद्धान्तको पूर्ण ज्ञान आदि जानेको हुनुपर्ने छ ।
  • बौद्धिक खुबी अन्र्तगत स्काउटले विश्व स्काउटिङको शुरुवात, विश्व चिफ स्काउट र्लड बेडेन पावेल र विश्व चिफ गाइड लेडि बेडेन पावेलको छोटो जिवनी जानेको हुनुपर्ने छ ।
  • वाग्स (WAGGGS)/(WOSM)का कम्तिमा दुई वटा सदस्य राष्ट्रको छोटो परिचय र क्षत्रीय सेन्टरहरु वा केन्द्रको नाम जानेको हुनुपर्ने छ ।
  • स्काउटले विश्व स्काउट सङ्गठन (WAGGGS)/(WOSM) को ब्याजको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
  • बौद्धिक खुबी अन्र्तगत स्काउटले मनी अर्डर फारम भर्ने, एयरलाईन्स, रेलबसहरूको टाइम टेबल पढ्न सक्ने हुनुपर्ने छ ।
  • स्काउटले टेलिफोन डाइरेक्टरीको प्रयोग गरी हराएको बच्चाबच्चीहरूलाई सहयोग गर्ने र समाचार पत्रबाट उद्धृत गरी तिनीहरूको बारेमा पुस्तिका तयार गर्न सक्ने हुनुपर्दछ ।
  • बौद्धिक खुबी अन्र्तगत स्काउटले ३० वटा हुलाक टिकेट र ३० वटा प्राकृतिक वस्तुको सङ्ग्रह गरी उचित तरीकाले मिलाई राखेको हुनुपर्ने ।
  • धैलागिरी ब्याजको अर्थ र ज्ञान प्राप्त गरेको हुनुपर्ने छ ।

बाह्य कृयाकलाप सम्पादन गर्नुहोस्

  • बाह्य कृयाकलाप अन्र्तगत स्काउटले ट्राफिक नियम र रोड सेफ्टीको ज्ञान हासिल गरेको हुनुपर्दछ ।
  • स्काउटले एक दिवसिय क्याम्पमा सहभागीता जनाएको हुनुपर्दछ ।
  • स्काउटले विभिन्न किसिमको स्काउट गाँठो जानेको हुनुपर्दछ ।
  • यसका साथै बाह्य कृयाकलाप अन्र्तगत स्काउटले हातको इसारा, खोजको सङ्केत, आगोको प्रकार, सिठ्ठीको इशाराको ज्ञान हासिल गरेको हुनुपर्दछ ।
  • स्काउटमा उब्जाऊ र अनुब्जाउ माटोको परिचय वा ग्रीष्महिउँदको तीनवटा तरकारी उत्पादन गर्न सहयोग गर्न सक्ने क्षेमता हुनु पर्दछ ।
  • बाह्य कृयाकलाप अन्र्तगत स्काउटले आफुले वा अरुले लगाएको तीनवटा लाभदायक रुखको हेरचाह तथा संरक्षण गर्न जानेको हुनुपर्दछ ।
  • यसका साथै स्काउटले बाह्य कृयाकलाप अन्र्तगत बाह्य कृयाकलापमा एउटा प्रोफिसियन्सी ब्याज प्राप्त गरेको हुनुपर्ने छ ।
  • स्काउटले लठ्ठी र त्यसको प्रयोग सम्बन्धी ज्ञान हासील गरेको हुनुपर्दछ ।

हस्तकला सम्पादन गर्नुहोस्

  • हस्तकला अन्र्तगत स्काउटले स्थानीय वस्तुको प्रयोगबाट उपयोगी सामग्री तयार गर्न जानेको हुनुपर्दछ ।
  • यसका साथै स्काउटले दृश्य वा मानिस/जनावरको चित्र बनाउन सिकेको हुनुपर्दछ ।
  • स्काउटले कागज, पात आदिबाट चित्र बनाउन सिकेको हुनुपर्दछ ।
  • स्काउटले बच्चाको लागि कपडाको खेलौना बनाउन सिकेको हुनुपर्दछ ।
  • स्काउटले इजार घर बनाउन सिकेको हुनुपर्दछ ।
  • स्काउटले चार वटा रुमालमा चार वटा स्टीचले फूल बनाउन सिकेको हुनुपर्दछ ।

गृह सेवा सम्पादन गर्नुहोस्

  • स्काउटले चार वटा रुमालमा चार वटा स्टीचले फूल बनाउन सिकेको हुनुपर्दछ ।
  • यसका साथै स्काउटले ६ कप चिया, अण्डा र साधारण तरकारी सहितको नास्ता बनाउन सक्ने हुनुपर्दछ ।
  • स्काउटले घरेलु काममा सहयोग गरेबापत एउटा प्रोफिसियन्सी ब्याज हासिल गरेको हुनुपर्दछ ।

सेवा सम्पादन गर्नुहोस्

  • स्काउटले प्राथमिक उपचारको साधारण ज्ञान हासिल गरेको हुनुपर्दछ ।
  • यसका साथै स्काउटले बेहोस,करेन्ट लागेको, पोलेको, क्षोभ , साधारण चोटपटकमा प्राथमिक उपचारगर्न सक्ने हुनुपर्दछ ।

चरित्र निर्माण सम्पादन गर्नुहोस्

  • स्काउटले ट्रूपमा गरेका कामहरूको अभिलेख राख्ने गरेको हुनुपर्दछ ।
  • यसका साथै स्काउटले विद्यालयको सफाईमा सहयोग गरेको हुनुपर्दछ ।

सम्बन्ध सम्पादन गर्नुहोस्

सम्बन्ध अन्र्तगत स्काउटले समुदायसंग सम्बन्ध राख्न सक्ने हुनुपर्ने छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. वेडेन पावेल शिखर ब्याज वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-२९ मिति
  2. नेपाल स्काउट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२८ मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्