विश्व परमाणु सङ्घ एक अन्तर्राष्ट्रिय संस्था हो जसले आणविक ऊर्जालाई बढावा दिन्छ र विश्वव्यापी परमाणु उद्योग संलग्न कम्पनीहरूलाई सहयोग गर्दछ। यसका सदस्यहरू परमाणु ईन्धन चक्रका सबै हिस्साबाट आउँछन्, जसमा युरेनियम खानी उत्खनन, युरेनियम रूपान्तरण, युरेनियम संवर्धन, परमाणु इन्धन निर्माण संयन्त्र, परिवहन, र ऊर्जा उत्पादन पर्दछ। [१]

विश्व परमाणु सङ्घ
गठन२००१; २३ वर्ष अघि (२००१)
प्रकारगैर-नाफामूलक
उद्देश्यआणविक उर्जा
स्थान
सेवा क्षेत्र
विश्वव्यापी
सदस्यता
१८१
प्रमुख व्यक्ति
सामा बिलबाओ लियोँ - प्रवन्ध निर्देशक
कर्मचारीहरू
३०
वेबसाइटWorld-Nuclear.org

विश्व आणविक सङ्घका सदस्यहरूसँग विश्वको कुल परमाणु शक्तिको ७०% हिस्सा छ र विश्व युरेनियम उत्पादन, रूपान्तरण र संवर्धनको अधिक जिम्मेवार छन्। [२]

सङ्घको अनुसार यसको उद्देश्य आफ्नो सदस्यको लागि प्राविधिक, व्यावसायिक र नीतिगत मामिलामा उनीहरूको संवादलाई सहज बनाउन र परमाणु प्रविधिको व्यापक सार्वजनिक बुझाइलाई बढावा दिने हो।[३] यसको करिब ३० कर्मचारीको सचिवालय रहेको छ।

सङ्घको स्थापना सन् २००१ मा युरेनियम संस्थानको आधारमा भएको थियो, जसको स्थापना सन् १९७५ भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Membership", World Nuclear Association, मूलबाट १० जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १० जुलाई २०१२ मिति
  2. "Members", World Nuclear Association, मूलबाट ५ फ़रवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ५ फेब्रुअरी २०१२ मिति
  3. "WNA: Supporting a Fast-Globalizing Nuclear Industry", World Nuclear Association, मूलबाट २७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २७ जुलाई २०११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्