राधा पौडेल (जन्म: वि.सं. २०३०) नेपालकी एक महिला साहित्यकार तथा सामाजिक अभियन्ता हुन् । उनको मुख्य पेसा नर्सिङ हो। आफूले भोगेका, देखेका कुरा डायरीमा टिपोट गर्ने उनको बानीले नै उनलाई लेखक बनाएको हो। उनी मर्यादित महिनावारी अभियानमा पनि सक्रिय छिन्।[१]

राधा पौडेल
Radha Paudel
राधा पौडेल, नर्वे भ्रमणको समयमा
राधा पौडेल, नर्वे भ्रमणको समयमा
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाली
उल्लेखनीय कार्यहरूसाहित्यिक कृति
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०७१

प्रकाशित कृति सम्पादन गर्नुहोस्

खलंङ्गामा हमला-एउटी नर्सको डायरी उनको पहिलो कृति हो । यसै कृतिका लागि उनलाई विसं २०७१ मा मदन पुरस्कार प्रदान गरिएको थियो । कामका सिलसिलामा जुम्लाको खलङ्गा पुगेकी उनले द्वन्द्वकालका नमीठा घट्नासँग पनि सामना गर्नुपर्‍यो । यो कृति २०५९ सालमा खलङ्गामा तत्कालीन सशस्त्र संघर्षकालमा नेकपा माओवादीले गरेको हमलाकै बेलाको दस्तावेज हो । [२] उनको अपवित्र रगत पुस्तक (२०७५) पनि प्रकाशित छ । महिनावारीमा केन्द्रित यस किताबमा उनले आफ्नो अनुभवबाट सुरू गर्दै विभिन्न ठाउँका कथा सँगालेकी छन्।[३]

जीवनी सम्पादन गर्नुहोस्


पुरस्कार सम्पादन गर्नुहोस्

विसं २०७१ः मदन पुरस्कार

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्