एनिमे

जापान उत्पादित एनिमेसन

एनिमे (जापानी: アニメ, जापानी उच्चारण: आनिमे ) हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन हुन् । "एनिमे" शब्द अङ्ग्रेजी शब्द एनिमेसनको लघु रुप हो, जसले सम्पूर्ण एनिमेसन निर्मित सामग्रीहरूलाई जनाउँछ ।[१] जापान बाहिर विशेषत: पश्चिमा मुलुकमा भने एनिमेले जापानमा वा जापानी शैलीमा बनाइएका एनिमेसन सामग्रीलाई बुझाउँछ ।[२] एनिमेको ईतिहास सन् १९१७बाट सुरु भएको मानिन्छ भने सन् १९६० को दशकबाट एनिमे शैलीगत विकास भएको पाइन्छ । जापानमा करिब ४३० एनिमेसन उत्पादन कम्पनी (जसमा स्टुडियो जिब्ली, गेइनेक्स, तोइ एनिमेसन जस्ता स्थापित नाउँहरू) रहेका छन् । एनिमेहरू अङ्ग्रेजी भाषामा अनुवादित हुन थालेपछि नै चर्चित बन्दै गएको हुन् ।

ग्राफिक कला सँग, कथा एवम् पात्रका वस्तुगत वास्तविकताको संयोजन, दृश्यजन्य शैली, र विविध कलात्मक पक्षले एनिमेले लौकिक र पारलौकिक कथात्व बोकेको हुन्छ ।[३]

शब्द प्रयोग सम्पादन गर्नुहोस्

जापानमा एनिमेले सम्पूर्ण संसारभरको एनिमेसनद्वारा बनाइएका सामग्रीलाई बुझाउँछ ।[१][४] अङ्ग्रेजीमा एनिमेले जापानमा बनाइएका एनिमेसनलाई नै जनाउँछ ।[५]

एनिमे शब्दको उत्पत्ति भने एकिन साथ भन्न सकिदैँन । केही स्रोत एनिमे शब्द फ्रान्सेली शब्द dessin animéबाट आएको बताउँछन्[६] भने सो कुरा सन् १९७० देखि १९८० मा फ्रान्सको चर्चाले भनिएको पनि बताइन्छ ।[२] अङ्ग्रेजी भाषामा एनिमे शब्दलाई नामको रूपमा प्रयोग गरिएको पाइन्छ ।[७] सन् १९७० देखि १९८० तिर Japanimation शब्दको प्रयोग गरिन्थ्यो । सन् १९८० को मध्य सम्ममा बिस्तारै एनिमे शब्दको प्रयोग बढ्दै गयो ।[६][८] हाल, एनिमे शब्दले जापानमा बनेका एनिमेसनलाई नै बुझाउने गर्दछ ।[८]

एनिमेले जापानी एनिमेसनलाई प्रतिनिधि नगर्ने पनि केही बताउँछन् ।[९]

इतिहास सम्पादन गर्नुहोस्

फ्रान्स, जर्मनी, अमेरिका, रसियामा जस्तै जापानी एनिमेसन बिसौँ शताब्दीमा जापानी चलचित्रकर्मीहरूले विकास गरेका थिए ।[१०] सन् १९२३ को भूकम्पले एनिमेका सामग्रीहरूलाई केही नष्ट गरेको थियो ।

सन् १९३० सम्म आइपुग्दा जापानी एनिमेसनको विकास भइसकेको थियो । उक्त समयमा जापानी एनिमे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नै थियो । सन् १९४० मा धेरै जापानी एनिमे उद्योगहरूको विकास हुँदै आइसकेको थियो । सन् १९३७ मा वाल्ट डिज्नी कम्पनीको स्नो वाइट एन्ड सेभन ड्राव्फ्स ले जापानी एनिमेलाई शैलीगत विकासमा प्रभाव पार्यो । सन् १९७० देखि चित्र उपन्यास, माङ्गा, कमिक पुस्तकहरू लोकप्रिय बन्दै गए । सन् १९८० देखि १९९० सम्म र हाल एक्काइसौं शताब्दसम्ममा जापानी एनिमेले बजार ओगटिसकेको छ ।

प्रकार सम्पादन गर्नुहोस्

एनिमे बालबालिका देखि वयस्क व्यक्ति सम्मकालागि बनाइएका पाइन्छन् । वयस्कहरूलाई बनाइएका एनिमेमा कथा वस्तु जटिल र विषय त्यसै अनुसारका हुन्छन् ।

श्रेय सम्पादन गर्नुहोस्

 
एनिमे निर्माण कर्ताहरूका विभिन्न दृश्यगत शैलीहरू

एनिमेसन उद्योग सम्पादन गर्नुहोस्

 
अकिबरा जिल्ला, टोकियो एनिमे प्रेमीहरूका लागि मुख्य स्थल मानिन्छ

अन्तर्राष्ट्रियकरण सम्पादन गर्नुहोस्

सन् १९८० देखि जापानी एनिमे अमेरिकामा परिचित भई सन् १९९० देखि जापानी एनिमे अमेरिकामा चर्चित बन्दै गयो ।

एनिमे शैली सम्पादन गर्नुहोस्

मानव भावनालाई विशेष जोड दिइने जापानी एनिमेमा दुख, सुख, मिहिनेत जस्ता विषयलाई जोड दिइएका हुन्छन् ।

नेपालमा सम्पादन गर्नुहोस्

नेपालमा पनि एनिमे रुचाउने दर्शक प्रशस्त रहेका छन् । राजधानीमा विभिन्न विभिन्न एनिमे कार्यक्रमहरू आयोजना हुने गर्दछन् ।[११]

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "What is Anime?", Lesley Aeschliman, Bellaonline, नोभेम्बर ७, २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. २.० २.१ "Anime News Network Lexicon - Anime", अन्तिम पहुँच अप्रिल २२, २०१३ 
  3. Drazen, Patrick (२००३), Anime Explosion!: The What? Why? & Wow! of Japanese Animation. Berkeley, California, आइएसबिएन 978-1611720136 
  4. "Tezuka: The Marvel of Manga - Education Kit" (PDF), Art Gallery New South Wales, २००७, अगस्ट ३०, २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "Anime", Oxford English Dictionary, अन्तिम पहुँच फेब्रुअरी १७, २०१६  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २, २०१६ मिति
  6. ६.० ६.१ "Etymology Dictionary Reference: Anime", Etymonline, अन्तिम पहुँच अप्रिल २२, २०१३ 
  7. American Heritage Dictionary, 4th ed.; Dictionary.com Unabridged (v 1.1).
  8. ८.० ८.१ Patten 2004.
  9. Miyazaki, Hayao (जुलाई ३१, १९९६), "日本のアニメーションについて" [Thoughts on Japanese Animation], 出発点 1979~1996 [Starting Point 1979~1996], San Francisco: Viz Media, पृ: 72ff, आइएसबिएन 978-1-4215-0594-7, अन्तिम पहुँच डिसेम्बर १६, २०१३  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता); |trans_chapter= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. Schodt, Frederik L. (अगस्ट १८, १९९७), Manga! Manga!: The World of Japanese Comics (Reprint संस्करण), Tokyo, Japan: Kodansha International, आइएसबिएन 0-87011-752-1 
  11. "Capital Cosplay Love", १५ जनवरी २०१७, अन्तिम पहुँच १४ अगस्त २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्