"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९८:
सन् १९२६ देखि नै क्रान्ति का रूपमा गृहयुद्धको थालनी भएको थियो । सन् १९४८ मा राष्ट्रिय सेनाले मन्चुरियामा लाल सेनामाथि गरेको आक्रमण नै क्रान्ति को तत्कालीन कारण बन्यो । पछि यो युद्ध नै निर्णायक बन्न गयो । सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो । लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे । यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो । लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो । यसै पटक [[लाल सेना]]ले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो । सन् १९४९ अक्टोबर १ मा माओत्से तुङले [[जनवादी गणतन्त्र
चीन]]को घोषणा गरे ।
 
== परिणाम ==
 
=== राजनीतिक परिवर्तन ===
सन् १९१२ मा चीनबाट मन्चु वंशको शासन अन्त्य भएको थियो । तर पनि देशमा चीनमा स्थिर राजनीतिक अवस्थाको सिर्जना हुन सकेको थिएन । मन्चु वंशको अन्त्यपछि युआन सिह काईको निरङकुश शासन चल्यो भने सन् १९२६ बाट च्याङ काई सेकको एकाधिकार कायम भयो । जनवादी क्रान्तिको सफलतापछि सामन्तवादी राज्य व्यवस्थाको अन्त्य भयो र जनवादी गणतान्त्रिक शासन व्यवस्थाको थालनी भयो । यो समाजवाद उ्रन्मुख व्यवस्था थियो ।
 
=== २. राजनीतिक संयन्त्रको निर्माण ===
देशको शासन व्यवस्थालाई सुचारु रूपमा सञ्चालन गर्नका लागि ५६ सदस्यीय केन्द्रीय जनसरकार परिषद्को गठन गरियो । यो सरकारमा गैरकम्युनिस्टहरूलाई समेत समावेश गरिएको थियो । तर सरकारको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टी र यसका अध्यक्ष माओत्से तुङले गरेका थिए । यसैगरी १२ सय सदस्य रहेको जनकाङ्ग्रेसको स्थापना भयो । यो नै चीनको संसद् हो । यसको अधिवेशन प्रत्येक वर्ष बस्ने नियम बन्यो । राष्ट्रिय जनकाङ्ग्रेसको पदावधि ४ वर्ष कायम गरियो । त्यसबैेला चीनका विभिन्न प्रान्तहरूमा प्रादेशिक शासन व्यवस्था थियो । यो व्यवस्थाको अन्त्य गरी २६ ओटा प्रान्तहरूमा केन्द्रीय शासन लागु गरियो ।
 
=== ३. भूमिसुधार योजना कार्यान्वयन ===
सन् १९५० जुनमा चीनमा कुषि सुधार कानुनको घोषणा गरी भूमि सुधार योजनाको कार्यान्वयन भयो । चीनमा हजारौँ वर्षदेखि जनसङ्ख्याको सानो हिस्साले भूमिको ठुलो हिस्सा ओगटेको थियो । हजारौँ किसानहरू त्यही मालिकको भूमिमा काम गर्दथे र आपूmहरू भूमिहीन थिए । सरकारले भूमिपतिहरूको भूमि खोसेर भूमिहीन किसानहरूलाई वितरण गरेपछि सबै जना आÇनो जमिनका मालिक बन्न गए । यसरी व्यक्तिगत रूपमा वितरण गरिएको जमिनलाई सन् १९५३ मा सामूहिकीकरणमा रूपान्तरण गरियो । यसको साथै देशबाट सामन्ती प्रथाको पनि अन्त्य भयो । भूमि सुधार योजनाको कार्यान्वयन गर्ने क्रममा कैयौँं भूमिपतिहरूलाई मृत्युदण्ड दिइएको थियो ।
 
=== ४. संविधानको निर्माण ===
सन् १९५३ मा माओत्से तुङको अध्यक्षतमा गठित “विधान समिति” ले संविधानको मस्यौदा तयार प¥यो । सन् १९५४ सेप्टेम्बर २० मा राष्ट्रिय जनकाङ्ग्रेसले यो मस्यौदालाई अनुमोदन गर्‍यो । यो संविधानमा प्रस्तावना, सामान्य सिद्धान्त, नागरिक हक, नागरिक कर्तव्य तथा राज्य संरचना गरी जम्मा ५ भागहरू थिए ।
 
=== आर्थिक सुधार ===
जनवादी क्रान्तिभन्दा अगाडि चीनको आर्थिक अवस्था निकै नाजुक भइसकेको थियो । चीनमा जनशक्ति, स्रोत र साधनहरू भएर पनि त्यसको परिचालन हुन सकेको थिएन । रुग्ण भइसकेका उद्योग व्यवसाय, रेलमार्ग, सडक आदिको जीर्णोद्वार र निर्माणको गतिले तीव्रता पायो । मुद्रास्फितीको चर्को समस्या समाधानका लागि पिपल्स बैङ्क अफ चाइनाको स्थापना गरियो । यसले मुद्रास्फितीको अवस्थामा सुधार ल्यायो । उद्योगहरूको राष्ट्रियकरण गरी मजदुरहरूको सुविधा वृद्धि गरियो, जसले गर्दा उत्पादनमा वृद्धि हुन गयो र भ्रष्टाचार नियन्त्रण भयो । योजनाबद्ध विकासका लागि पञ्चवर्षीय योजनाहरूको थालनी गरियो । सरकारका योजनामा सहयोग नगर्नेहरूलाई मृत्युदण्डसमेत दिइयो ।
 
=== ६. महिला सशक्तीकरण ===
सामाजिक सुधारको क्षेत्रमा यो निकै महत्वपूर्ण र सकरात्मक कदम थियो । सन् १९५० को विवाह कानुनले महिलालाई विवाहसम्बन्धी निर्णय गर्ने अधिकार दियो । यसले चीनको परम्परावादी पारिवारिक संरचनामा फेरबदल गर्‍यो । चीनमा बहुविवाह, बाल विवाह, अनमेल विवाह, विवाहका लागि छोराछोरीको किनबेच र जबरजस्ती विवाहको परम्परा थियो । यी कुरामा पूर्ण बन्देज लगाइयो । महिलाले सम्बन्ध विच्छेद गर्न पाउने अधिकार भयो । यो कानुनको धारा ५ ले विवाहका लागि केटी २० र केटा २२ वर्षको हुनुपर्ने नियम बनायो । यसले गर्दा बालविवाहको अन्त्य भयो ।
 
=== ७. धर्मनिरपेक्ष राज्यको निर्माण ===
जनवादी क्रान्तिको सफलतापछि धर्म र धार्मिक संस्थाहरूमाथि प्रहार गर्न थालियो । धर्म भनेको अन्धविश्वास र भ्रम हो भन्दै धार्मिक संस्था र मन्दिरहरू भत्काउने, मूर्तिहरू फुटाउने र धार्मिक ग्रन्थहरू जलाउने गरियो । कतिपय मन्दिरहरूलाई जनवादी शिक्षाका केन्द्रका रूपमा परिणत गर्न थालियो । सानो रातो पुस्तकलाई निकै महत्वपूर्ण मानियो । सांस्कृतिक क्रान्तिको बेला त सबैले यो किताब सँग राख्नुपर्ने अनिवार्य नियम बनाइयो । सानो रातो पुस्तक भनेको माओत्से तुङका भनाइ र आदेशहरूको सङ्कलन हो ।
 
=== ८. शिक्षा र साहित्य ===
शिक्षा र साहित्यको विकास जनवादी क्रान्तिको एउटा उपलब्धि हो । किसान, मजदुर, सर्वसाधारण र केटाकेटीलाई जनवादी शिक्षा दिइयो । यही शिक्षालाई चीनभरि नै अनिवार्य गरियो । साहित्य र कलालाई पनि साम्यवादसँग जोडियो । स्वतन्त्र लेखकहरूमाथि भने अनेक किसिमका कारबाही र सजायहरू गरियो ।
 
=== ९. सांस्कृतिक क्रान्ति ===
सांस्कृतिक क्रान्ति चीनको वियोगपूर्ण घटना हो । साम्यवाद विरोधीहरूलाई दमन गर्नका लागि माओ स्वयम्ले यो क्रान्तिको सञ्चालन र नेतृत्व गरेका थिए । यो क्रान्ति सन् १९६६ देखि १९७६ सम्म जम्मा १० वर्ष चलेको थियो । यसबेला माओले लाल सेनाको परिचालन गरेका थिए ।
 
==यो पनि हेर्नुहोस्==