"बहादुर शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६९:
== मृत्यु ==
बहादुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएकालाई [[रणबहादुर शाह]]को लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो। बहादुर शाहलाई बिष्णुमतिको छेउमा बन्दी बनाइएको थियो । उनले बहादुर शाहको टाउकोमा उमालेको तेल खनाउन लगाए । बहादुर शाहकी पत्नीलाई दुर्ववहार गर्न लगाए। उनलाई भए नभएका कुरा सुनाएर दिक्क पारिएको थियो । उनलाई [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्र लक्ष्मी]]लाई खानामा विष मिसाएर हत्या गरेको जस्ता आरोप लागिएको थियो । यस बखत नवयुवक राजा रणबहादुर शाहले राजकुमार बहादुर शाह माथी मुख्य रूपमा निम्न लिखित आरोप लगाएका थिए:<ref name="अब यस्तो कहिल्यै नहोस्">{{cite book|title=[[अब यस्तो कहिल्यै नहोस्]]|author=[[बाबुराम आचार्य ]]|page=२८-२९|date=फागुन २०६१|publisher=फाइनप्रिन्ट बुक्स|isbn=978-9937-665-40-7|url=}}</ref>
# कान्छा चौतारा दलमर्दन शाहसँग मिली बुबाज्यू महाराज प्रतापसिंह श्हहकोशाहको हत्या गरि टाउको लुकाउने र ढाड ज्याल बाझ्यालबाट खसाउने योजना गरेको
# मुमामहारानी राजेन्द्रलक्ष्मीलाई भएनभएको बात लगाई नेल हाली सर्वजित रानालाई कटाएको र मलाई पनि मारी दाखचोकको इनारमा पुर्ने योजना गरेको
# मथुरा नामकी एउटी केटीलाई लगाई मेरी मुमालाई बीस खुवाई मार्ने उद्योग गरेको
# विवाह गर्न भनी बहादुर शाह गोरखा जाँदा बोर्लाङघाटमा बाँसवास परेको दिन मलाई मारी गण्डकी नदीमा बगाउने योजना गरेको
# "राजालाई (मलाई) घरबाट निस्कन किन दिइस्" भनी बन्धु रानालाई गाली गरेको
# मलाई मार्न मसानको प्रयोग गरेकाले दक्षिण कालीको दर्शन गर्‍एगरेर फर्किदा बाटामा तीन पटकसम्म झाडापखाला तथा बमन भएको
# कुकर्मी बहादुर शाहले रातको बीचमा मालाईमलाई खोज्दै आएको, यसैबीचमा कुकुरले झम्टन जाँदा अकारण नै कुकुरलाई काटिदिएको
# मेरो अनुपस्थितिमा आफ्नो मनखुसीसँग आफ्नै हातले लालमोहरका छाप लगाउने गरेको
# मलाई मार्न भनी आधारातमा आएको, "पुनी" नामक धाईले थाहा पाई ढोकामा चुकुल हालेको र यसै रिसले तरबारले ढोकामा हानी फर्किई गएको।
# मलाई तीन सलाम गर्ने नगरेको
# राजा [[राम शाह|राम शाहका]] पालादेखी चलिआएको मैत्रीसम्बन्धको उपेक्षा गरि तिब्बतसं,गतिब्बतसंग अनावश्यक युद्ध गरेर झन्डै देशलाई नै डुबाइदिएको। चीनसँग युद्ध गर्न भनी अंग्रेजहरूसँग मित्रता बढाएको ।
 
उनले बन्दी अवस्थामा खान, सुत्न, मनमा लागेको कुरा भन्न र आफन्तलाई भेट्न पनि पाएनन् ।
"https://ne.wikipedia.org/wiki/बहादुर_शाह" बाट अनुप्रेषित