"बहादुर शाह" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ४०:
'''बहादुर शाह''' (जन्म: १८१४ वि.सं. - मृत्यु: १८४२ वि.सं.[[पृथ्वीनारायण शाह]]का माहिला छोरा र राजनीतिज्ञ थिए। {{cn}} उनले आफ्ना पिताले सुरु गरेको [[नेपाल एकिकरण अभियानका लडाँइहरू|नेपाल एकिकरण]]को अभियानलाई तीव्र गतिले अघि बढाए । पिताको सपना साकार पार्न पश्चिमका राजा-रजौटाहरूको समाप्ति यिनको चाहना थियो। भाउजू [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]] र भतिजा [[रणबहादुर शाह]]को अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]]को मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।
 
तर उनले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे । कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको [[दिव्योपदेश]]को विपरित उनले [[सर्वजीत राना मगर]]लाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे । भारदारको हत्या गर्ने प्रचलन [[भीमसेन थापा]]को शासनमा चरममा पुगेको थियो।{{sfn|Acharya|1975|p=215}}
 
==प्रारम्भिक जीवन==
उनको जन्म १८१४ असारमा भएको हो। उनलाई पहिले फत्तेबहादुर शाह भनिन्थ्यो तर पछि बहादुर शाह मात्र भन्न थालियो। उनको शिक्षा-दीक्षा गोरखा र [[साततले दरबार (नुवाकोट)|नुवाकोट दरबार]]मा भयो। उनी सामान्य लेखपढ गर्न जान्दथे। सैद्धान्तिक शिक्षा उनले प्रशस्त पाएका थिए। आफ्ना बाबू पृथ्वीनारायण शाह संगै नुवाकोट दरबारमा कूटनीतिक वातावरणमा बस्ने मौका पाएका हुँदा नेपालका भारदारसँग उनको सम्पर्क नजिकबाट भयो। उनी योग्य र इमानदार भारदारहरूको चयन गर्दथे।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ १९२</ref>
==पृथ्वीनारायण शाहको मृत्यु पश्चात् ==
वि.सं. १८३१ माघ १ मा बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु भएपछि युवराज प्रतापसिंह शाहले नेपाल अधिराज्यको राजमुकुट धारण गरे। उनले "बहादुर शाहले आफ्ना विरुद्ध विद्रोह गर्ने पो हुन् कि?" भन्ने अनावश्यक शङ्का लिई यिनले आफ्ना आफ्ना प्रमुख सल्लाहकार राजगुरु व्रजनाथ पण्डित तथा सरदार [[स्वरुप सिंह कार्की|स्वरुपसिंह कार्की]]हरूको परामर्श अनुसार काका काजी दलजीत शाहका साथ पिताको आशौच वारि बसीरहेका राजकुमार बहादुर शाहलाई आशौच भित्रै नुवाकोटमा सहसा कैद गरियो। राजकुमार काहीँ दलजीत शाह पछि भागेर वेपत्ता भएकाले उनको सर्वस्वहरण गरियो। राजकुमार बहादुर शाहले नजरबन्द अवस्थामा नै आफ्ना पिताको काजकिरिया विधिपूर्वक सम्पन्न गरे।<ref>चवन्न सालको घटना: ''[[अब यस्तो कहिल्यै नहोस्]]; बाबुराम आचार्य;'' </ref>
 
==नायवी==
पङ्क्ति ५६:
[[भेरी नदी|भेरी नदि]]भन्दा पश्चिमको [[जाजरकोट राज्य]]सँग [[पृथ्वीनारायण शाह]]को समयमै सन्धी भएकाले त्यहाँका राजा गजेन्द्र शाहसँग सन्धी नवीकरण गरियो । जाजरकोटले नेपाललाई वार्षिक रू. ७,००० र सैनिक सहयोग गर्ने शर्तमा आफ्नो समर्थक बनाएपछि [[भेरी नदी|भेरी नदि]] सम्म पुग्यो । बहादुर शाहले पश्चिमी क्षेत्रमा एकीकरण अभियान बढाइरहेको समयमा वि सं १८४५ मा [[नेपाल –तिब्बत /चीन युद्ध|नेपाल र तिब्बत बीच युद्ध]] भएकाले [[दामोदर पाँडे]] लगायत्का कतिपय सैनिक अधिकारीहरू तिब्बतसँगको युद्धमा संलग्न भए।
 
वि सं १८४६ मा [[शिवनारायण खत्री]]को नेतृत्वको फौजले मुक्तिनाथको बाटो हिमाली क्षेत्र हुँदै [[जुम्ला राज्य|जुम्ला]]माथी आक्रमण गरी सरदार कालू पाँडे (काजी कालू पाँडे होइनन्) र [[भक्ति थापा|भक्ती थापा]]को सहायताबाट जुम्ला विजय गरियो । सरदार भक्ति थापा र कालु पाँडेले दैलेखमाथी आक्रमण गर्दा त्यहाँका राजा भागे भने [[दुल्लु राज्य|दुल्लु]]का राजा उत्तम शाहले नेपालको अधिनता स्विकार गरी अमरसिंह थापाको साथ दिए । [[बझाङ राज्य|बझाङी राजा]]ले पनि नेपालको अधीनता स्वीकार गरी वार्षिक रु ५००/- सिर्तो रकम तिर्न मञ्जुर गरे । त्यसपछि [[अमरसिंह थापा]]को नेतृत्वको फौजले कर्णाली नदि तरेर अछाम तथा [[डोटी राज्य|डोटि राज्य]]माथी विजय गरेकाले नेपालको पश्चिमी सीमा [[महाकाली नदी|महाकाली नदि]]सम्म पुग्यो । डोटी राज्यलाई नेपालमा मिलाउन ज्यादै कठिन भएको समयमा त्यसलाई पराजित गर्नका लागि बझाङी राजा समुद्रसिंह तथा प्रतिमान शाहीको ठूलो भूमिका रहेको छ । <ref name=":0">[[राजाराम सुवेदी]], ´हिस्ट्री अफ बझाङ´ (काठमाडौँ : २०४४) </ref>
 
===नेपाल चीन युद्ध ===
पङ्क्ति ६८:
 
== मृत्यु ==
बहादुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएकालाई [[रणबहादुर शाह]]को लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो। बहादुर शाहलाई बिष्णुमतिको छेउमा बन्दी बनाइएको थियो । उनले बहादुर शाहको टाउकोमा उमालेको तेल खनाउन लगाए । बहादुर शाहकी पत्नीलाई दुर्ववहार गर्न लगाए। उनलाई भए नभएका कुरा सुनाएर दिक्क पारिएको थियो । उनलाई [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्र लक्ष्मी]]लाई खानामा विष मिसाएर हत्या गरेको जस्ता आरोप लागिएको थियो । उनले बन्दी अवस्थामा खान, सुत्न, मनमा लागेको कुरा भन्न र आफन्तलाई भेट्न पनि पाएनन् ।
 
वि सं १८५४ आषाढ १४ गते शनिबार को रात राजकुमार बहादुर शाहको गुप्त रूपमा हत्या गरियो। हत्या सम्भवतः गलामा पासो लगाएर गरिएको थियो। तर "कालगतिले नै यिनको मृत्यु भएको हो" भन्ने भान पारी बिहान उज्यालो नहुँदै पशुपति आर्यघाटमा पुर्याएर यिनको भौतिक शरीरको दाहसंस्कार सम्पन्न गरियो।{{sfn|आचार्य|२०१८|p=३०}}
पङ्क्ति ८७:
{{नेपालका प्रधानमन्त्रीहरू}}
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
 
 
[[श्रेणी:नेपाल]]
"https://ne.wikipedia.org/wiki/बहादुर_शाह" बाट अनुप्रेषित