"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७७:
१९३०-३२ मा जर्मनीमा जर्मनीमा बेरोजगारी निकै बढ्यो। संसदमा नाजी दलको सदस्य संख्या २३० पुग्यो। १९३२ को चुनावमा हिटलर राष्ट्रपति निर्वाचनमा उम्मेदवार बने तर हिडनबर्ग संग पराजित भए। जर्मनीको आर्थिक अवस्था झनै खराब हुँदै गयो र विजयी देशहरूले जर्मनीलाई सैनिक शक्ति बढाउने अनुमति दिए। १९३३ मा चान्सलर बन्ने बित्तिकै हिटलरले जर्मन संसद् भंग गरे, कम्युनिस्ट पार्टीलाई गैरकानूनी घोषित गरे र राष्ट्रलाई स्वावलम्बी बनाउनको लागि आह्वान गरे। हिटलर ने डा॰ जोजेफ गोयबल्सलाई आफ्नो प्रचारमन्त्री नियुक्त गरे। नाजी दलको विरोधी व्यक्तिहरूलाई जेलमा पठाइयो। कार्यकारिणी र कानून बनाउने सम्पुर्ण अधिकार हिटलरले आफ्नो हातमा लिए। १९३४ मा उनले आफूलाई सर्वोच्च न्यायाधीश घोषित गरे। त्यसै साल राष्ट्रपति हिन्डनबर्गको मृत्यु पश्चात् हिटलर राष्ट्रपति/फ्युरर पनि बने। नाजी दलको आतंक जनजीवनको प्रत्येक क्षेत्रमा छायो। १९३३ देखि १९३८ सम्म लाखौं यहुदीहरूको हत्या गरियो। नवयुवकहरूमा राष्ट्रपतिको आदेशको पूर्ण रूपमा पालन गर्ने भावना विकसित गरियो र जर्मन जातिको भाग्य सुधार्न को लागि सबै शक्ति हिटलरले आफ्नो हातमा लिए।
 
१९३३ मा हिटलरले [[लिग अफ नेसन्स|राष्ट्रसंघ]]को सदस्यता त्यागे र भावी युद्धलाई ध्यानमा राखेर जर्मनीको सैन्य शक्ति बढाउन सुरु गरे। प्राय: सबै जर्मन जातिलाई अनिवार्य सैनिक प्रशिक्षण दिइयो।
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित