'''चितवन जिल्ला''' [[नेपाल]]को ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको [[बागमती प्रदेश|प्रदेश नं. ३]]को दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा [[महाभारत पर्वत शृङ्खला]] छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट [[गण्डकी नदी|नारायणी नदी]]को किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।