"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

सा +छलफल बन्द गर्दै
पङ्क्ति ७७०:
 
*नेपाली विकिपिडियामा अत्यन्तै आवश्यक परियोजनाका रूपमा लेख सुधाराथन प्रतियोगिता सञ्चालन गर्न मेरो पुर्ण {{समर्थन}} रहनेछ । तर नेपाली विकिपिडियामा लेख सम्बन्धि प्रतियोगिताहरूमा सम्पादकहरूको सहभागी भने न्यून रहने गरेको छ । पछिल्लो १/२ वर्ष यताका विकिकथन, महिला एडिटाथन, एसियाली महिना, मातृभाषा एडिटाथन आदि जस्ता नेपाली विकिपिडियाका लेख प्रतियोगिताहरू हेर्दा मात्र [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]] र [[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]]मा (अत्याधिक सक्रिय) मात्रै निर्भर रहेको देखिन्छ । हुन त नेपाली लेख प्रतियोगितामा विकि कमन्सका प्रतियोगितामा जस्तो पुरस्कार राशिको व्यवस्था नरहेर हो या अरू कुनै कारण रहेर हो, कमन्सका प्रतियोगिताहरूमा अत्याधिक सक्रियता जनाउने नेपाली प्रयोगकर्ताहरूको समेत लेख प्रतियोगिताहरूमा अत्याधिक न्यून अझ भनौ शुन्य स्तरकै सहभागीता रहने गरेको छ । यस्तो अवस्था रहदै गर्दा नेपाली विकिपिडियाका निम्ति '''सुधाराथन प्रतियोगिता''' सञ्चालनमा पनि निकै चुनौती रहनेछ सम्भावना व्यापक रहेको छ ।([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ०७:३०, ५ सेप्टेम्बर २०२० (नेपाली समय))
 
* एकदमै राम्रो प्रस्ताव छ। यसमा मेरो पूर्ण सहयोग र समर्थन छ। हाल नेपाली विकिपिडियामा रहेका लेखहरू मध्ये ८० प्रतिशत बढी लेखहरू सुधार गर्नुपर्ने अवस्थामा रहेका छन्। यसरी हेर्दा २०००० बढी लेखहरूलाई सुधारको आवश्यकता पर्दछ। यसरी हेर्दा ठूलो सङ्ख्यामा रहेका लेखहरूलाई एकै पटक सुधार गर्न कठिन हुने भएकोले चरणबद्ध रूपमा लेखहरूको श्रेणीकरण गरी सुधार गर्दै जानु राम्रो हुन्छ। साथै यस सुधाराथनको क्रममा अनावश्यक वा सुधार गर्न नसकिने ठहरिएका लेखहरू समेत मेटाउँदै जानु उत्तम हुन्छ। --[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ०९:३३, ५ सेप्टेम्बर २०२० (नेपाली समय)