"अलैँची" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
 
==उपयोगिता==
अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्वपूर्ण र महङ्गो मसलाको रुपमा प्रयोग गरिंदै आएको छ । यसको सुगन्धित बीयाँबाट [[:en:cineole|'''Cineole''']] नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बीयाँ पानसंग पान मसालाको रुपमा खाईन्छ । आयुर्बेदिक र यूनानी चिकित्सामा घाँटीदुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी (\पलक)(Eye-lid) सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ । अरब देशहरुमा चिया र कफी बनाउन तथा युरोपियन देशहरुमा उच्चकोटिको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैंचीको प्रयोग गरिन्छ । सौन्दर्य प्रशाधनहरु निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छिले टोकेमा बिषनाशक औषधि [[:en:Antidote|(Antidote)]]को रुपमा अलैंचीको प्रयोग गरिन्छ । चिसो रुघाखोकी, बान्ता फियो बढेको थकाई लागेको लुतो हैजा वा अरु कार०ालेकारणले पे६पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक [[:en:Gonorrhea|(Gonorrhea)]], अदाहा र नसा सम्बन्धी रोग [[:en:Neuralgia|(Neuralgia)]], मूत्ररोग आदि रोगहरुको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ । अन्य खेतीको लागि काम नलाग्ने जग्गामा पनि अलैंची खेती गर्न सकिन्छ । अलैंची खेतीले भूक्षय तथा पहिरो समेतलाई रोकथाम गर्न सघाउपुर्‍याउँछ ।
 
==अलैँची कोठी==
"https://ne.wikipedia.org/wiki/अलैँची" बाट अनुप्रेषित