"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →पाण्डुलिपि |
सा →पृष्ठभुमि |
||
पङ्क्ति ४:
पृथ्वीनारायण शाहको निधन वि.सं. ५२ वर्षको उमेरमा वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन नुवाकोटको त्रिशूली र तादीको दोभान देवीघाट मोहनतीर्थमा भएको थियो । निधन हुनुअघि केही महिनादेखि बिरामी परेका उनले आफ्ना अभिव्यक्तिहरू सम्भवतः मङ्सिर, पुस महिनामा टिपाएको हुनुपर्छ । लेखपढ गर्न जान्ने मानिसहरू औँलामा गन्न सकिने त्यसबेलामा उनका अभिव्यक्तिहरू लिपिबद्ध गर्ने कार्य गोर्खाली प्रथम सेनापति [[शिवराम सिंह बस्न्यात|शिवरामसिंह बस्न्यात]]का सुपुत्र काजी [[अभिमान सिंह बस्न्यात|अभिमानसिंह बस्न्यात]]ले गरेका थिए भनी [[योगी नरहरिनाथ]]ले बृहद आध्यात्मिक परिषद् द्वारा प्रकाशित आफ्नो ‘दिव्य उपदेश पृथ्वीको अर्ति’ नामक पुस्तिकामा उल्लेख गर्नुभएको छ । कलाकार हरिप्रसाद शर्माले पृथ्वीनारायणले आफ्नो बिरामी शैयामा बसी बताइरहेका, उनको सामुन्ने शैयामुनी बसी काजी अभिमानसिंह बस्न्यातले टिपोट लेखिरहेका, शैयाको छेउमा भित्तातर्फ राजकुमार [[बहादुर शाह]] कुर्सीमा बसिरहेका, राजवैद्यले औषधि बनाइरहेका, अन्य भाइभारदारहरू वरिपरि बसेर पृथ्वीनारायणका अर्ति उपदेश ध्यानपूर्वक सुनिरहेका दृश्य आफ्नो एक तैल चित्रमा सजीव रूपमा चित्रण गर्नुभएको छ ।
दिव्योपदेशको पाण्डुलिपि अभिमानसिंहका सन्तति इतिहासविद् बखत्मानसिंह बस्न्यात (श्यामकाजी) को घरमा सुरक्षित रहेको पनि योगीले चर्चा गर्नुभएको छ । बखत्मानसिंहको जन्म
जर्मनीका कुनै एक अन्वेषकले बखतमानसिंहसँग दिव्योपदेशको पाण्डुलिपि छ भन्ने कतैबाट थाहा पाएपछि सो आफूलाई बेच्नका लागि निकै दबाब दिएको तर उनले राष्ट्रको सम्पत्ति विदेश पठाउनु हुँदैन भनी विदेशीलाई नबेची वि.सं. २०२४ मा तत्कालीन [[महेन्द्र वीर विक्रम शाह|राजा श्री ५ महेन्द्र]]समक्ष जाहेर गरेका थिए । राजा महेन्द्रको आदेशानुसार [[पुरातत्व विभाग]]ले दिव्योपदेशको पाण्डुलिपि जिम्मा लिई २०२५ साल पुस २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा दिव्योपदेशको पहिलो संस्करण प्रकाशित गर्यो । ‘दिव्यउपदेश’ नाम दिइएको ४१ पृष्ठको पुस्तिका पहिलो पटक तीन हजार प्रति छापी निःशुल्क वितरण गरिएको थियो । यसमा प्रयुक्त कतिपय शब्द प्रचलनबाट हटिसकेका हुनाले पाठक वर्गलाई बुझ्न सहज होस् भनी त्यस्ता शब्दका सही अर्थ खुलाई पादटिप्पणीसमेत पुस्तिकामा दिइएको छ । पादटिप्पणी तयार गर्ने महत्वपूर्ण कार्य योगी नरहरिनाथबाट भएको थियो ।
|