"राष्ट्रिय योजना आयोग (नेपाल)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७:
वि.सं. २०२५ सालमा आर्थिक योजना मन्त्रालयले गर्ने विकास बजेट लगायत वैदेशिक सहायता सम्बन्धी काम [[अर्थ मन्त्रालय (नेपाल)|अर्थ मन्त्रालय]]लाई सुम्पियो। साथै राष्ट्रिय योजना परिषद्लाई विघटन गरी प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको गठन भई एउटा छुट्टै सचिवालयको स्थापना भयो। केन्द्रीय योजना सङ्गठनले सम्पादन गर्ने कर्तव्य र दायित्वको विस्तृत अध्ययनको आधारमा वि.सं. २०२९मा एक प्रतिवेदन तयार गरी सोको आधारमा राष्ट्रिय योजना आयोगको पुनर्गठन भयो। योजना सङ्गठन प्रतिवेदन, २०२९ अनुरूप कार्यसम्पादन हुँदैआएकोमा वि.सं. २०४३ साल माघ १ गते राष्ट्रिय योजना आयोगको सङ्गठनमा सामान्य हेरफेर गरिएको थियो।
 
वि.सं. [[जनआन्दोलन २०४६|२०४६ सालको जनआन्दोलन]] पश्चात् मुलुकमा पुनर्स्थापित बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको स्थापना भएपछि राष्ट्रिय योजना आयोगको गठन र सङ्गठनमा पनि केही परिवर्तन गरियो। यस अनुसार वि.सं. २०४८ भाद्र २१ गते गठित राष्ट्रिय योजना आयोगमा सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा एक उपाध्यक्ष, पाँच सदस्यहरू, एक सदस्य-सचिव रहने तथा पदेन सदस्यमा मुख्य सचिव र अर्थ सचिव रहने व्यवस्था गरिएको छ।
 
==उद्देश्य==
पङ्क्ति २३:
 
==सम्बन्धित निकाय==
[[केन्द्रीय तथ्याङ्क विभाग (नेपाल)|केन्द्रीय तथ्याङ्क विभाग]]
 
==सम्पर्क ठेगाना==