"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
श्री ३ मोहनले योजना परिषद् को आरम्भ गरि पञ्चवर्षीय विकास योजना र विकासका काम गर्न लगाउन थाले। उनले श्री३ पद्म शमशेर द्वारा घोषित [[नेपाल सरकार वैधानिक कानुन २००४|२००४ को वैधानिक कानुन]]लाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरि २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेर को झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा पर्यटन उद्योग र काठमाडौं- हेटौंडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा सिंहदरबारमा आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरि रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।
 
[[गाउँपञ्चायत|गाउँ पञ्चायत]], नगरपञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५० ==