"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४२:
== अन्तरिक्ष कार्यक्रम ==
सन् १९६०मा सोभियत अन्तरिक्ष कार्यक्रममा उनीसहित २० जना हवाई चालकहरू छानिए जसमध्येमा विभिन्न छनौट प्रक्रियाबाट उनी अन्तरिक्षयानको लागि सक्षम साबित भए। सन् १९६१को अपि्रल १२ माभस्टोक १ का सफल उडानसँगै उनीले विश्वका नायक बन्दै सन् १९६३मा कर्णेल बने।विभिन्न स्रोतका अनुसार अन्तरिक्षमा यात्रा गरेको समयमा ''मैले यहाँमाथि कुनै पनि देवताहरू देखिन '' भनेका थिए। भन्नाले, स्वर्ग छैन र देवताहरू पनि नभएकाले धर्मविरूद्ध विज्ञानले जितेको भन्ने खोजेको हुनुपर्छ।
 
[[File:1961-04-19 First Pictures-Yuri Gagarin-selection.ogv|left|thumb|An April 1961 [[newsreel]] of Gagarin arriving in Moscow to be greeted by [[First Secretary of the Communist Party of the Soviet Union|First Secretary]] [[Nikita Khrushchev]]]]
 
== भोस्तोक १ उडान पछि ==
[[File:Yuri Gagarin welcome Warsaw 1961.jpg|thumb|right|गगारिन [[वार्सा]],१९६१]]मा
 
गगारिनको उडान सोभियत अन्तरिक्ष कार्यक्रमको अभूतपूर्व सफलता थियो र उनी सोभियत सङ्घ र पुर्वी ब्लकको नायक तथा संसार भर सेलिब्रेटी बने । संसार भरका पत्र पत्रिकाले उनको जीवनी र उनको उडान सम्बन्धी विवरण प्रकाशित गरे। उनलाई स्कर्टिङ गर्दै उच्च अधिकारीको मोटोकेडमा मस्को हुँदै क्रेमलिन पुर्याइयो जहाँ एक समारोह बिच [[निकिता ख्रुस्चेभ]]ले उनलाई "हिरो अफ सोभियत युनियन" बाट बिभुषित गरे। अन्य सहरहरूमा पनि दोश्रो विश्व युद्धको विजयी परेड पछीको भव्य प्रदर्शन गरियो।<ref>{{harvnb|Pervushin|2011|loc=Chapter 7.1}}</ref>
 
[[File:RIAN archive 615544 The USSR pilot-cosmonauts Valentina Tereshkova and Yuri Gagarin.jpg|right|thumb|गगारिन र [[भ्यालेन्तिना तेरेस्कोभा]] (दायाँ) signing autographs at a youth forum in 1964]]
 
गागरिन सोभियत रूसको लागि महत्वपूर्ण र अमूल्य गहना भएको कारणले त्यहाँको सरकारले हवाईजहाजमा दुर्घटना परेर मृत्यु हुन सक्ने सम्भावना हेरेर बन्देज लगाउन प्रयास गरेको थियो। गागरिनका साथी भ्लाडिमिर कोमारोभ मुख्य चालक र उनी सह-चालक रहेको स्वयुज १मा उनका साथीको दुर्घटनामा मारिएपछि उनलाई सरकारले हजाईजहाज प्रशिक्षण गर्न र अन्तरिक्ष कार्यक्रममा बन्देज लगायो। तर केही समयपछि नै उनले स्टार शहर अन्तरिक्ष प्रशिक्षण आधार शिविरमा उप प्रमुखको रूपमा आफ्नो भूमिका निर्वाह गरे र त्यही समयमा सैनिक हवाई जहाज चालको रूपमा पूनः भूमिका निर्वाह गरे।
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित