"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५७:
 
पेट्रोग्राद सोभियत कब्जा मा आएपछी अखिल रूसी कंग्रेसको अधिवेशनमा यो खबर सुनाइयो कि अस्थायी सरकारको अन्तिम किल्ला शीत महल माथि कब्जा गरियो। केन्द्र मा र अन्य स्थानमा राज्यशासन सोवियतको हातमा आयो।
 
 
अक्टोबर क्रान्ति तत्कालीन रूसका किसान, सैनिक र श्रमिकहरूको बलमा भएको थियो। त्यहाँका मजदुर वर्ग संघर्षको लामो प्रक्रियाबाट गुज्रेका थिए र उनीहरूले बोल्सेभिक पार्टीको नेतृत्वमा आफ्ना क्रियाकलाप अगाडि बढाएका थिए।
 
अक्टोबर क्रान्तिले रूसी साम्राज्यभित्र र बाहिरका देशका जनतालाई शोषण र अत्याचारबाट मुक्त नगरेको भए त्यो क्रान्तिले पूर्णता पाउन सक्ने थिएन। लेनिनको नेतृत्वको बोल्सेभिक पार्टीले जार शासनअन्तर्गत दबिएका राष्ट्रका नागरिकलाई आ-आफ्नै प्रकारले फल्न फुल्न दिने घोषणा गरेको हुँदा ती राष्ट्रका जनताले आफूखुसी सोभियत समाजवादी गणतन्त्रात्मक संघमा प्रवेश गरे।
 
त्यही संघको कारणबाट सोभियत युनियनको आर्थिक, सांस्कृतिक र राजनीतिक शक्तिको पनि जग बस्न गयो। सोभियत समाजवादी सत्ताविरोधी देशीविदेशी शक्तिहरूले राष्ट्रलाई गृहयुद्धमा धकेले र करिब ७० लाख जनताको ज्यान गयो। तैपनि अन्त्यमा सोभियत कामदार वर्गको ऐक्यबद्धताले साम्राज्यवादी शक्तिहरू पराजित भए।
 
२५ अक्टोबर १९१७ का दिन रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भयो । यसलाई ‘रुसी अक्टोबर समाजवादी क्रान्ति’ पनि भनिन्छ । कतिपयले यसलाई ‘महान् अक्टोबर क्रान्ति’ पनि भन्छन् । उक्त पार्टीका प्रमुख नेता भीआई लेनिन थिए । त्यसैले रुसी अक्टोबर क्रान्तिको कुरा गर्दा बोल्सेभिक पार्टी र लेनिनको नाम अगाडि आउँछ ।
 
=परिणाम=
Line ९८ ⟶ ९३:
 
==बिरासत==
उक्त क्रान्तिपश्चात् [[भ्लादिमिर लेनिनलेलेनिन]]ले आठ वर्ष शासन गरे ।
 
सन् १९२२ मा सोभियत संघको निर्माण भयो भने १९९१ त्यसको भंग भयो ।