कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन। वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण -तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन्।
 
* देवी भागवतका अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान (कन्या)लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो। मय राक्षसकी छोरी मन्दोदरीसँग [[मन्दोदरी]]सँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो। अद्भूतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो। ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो। तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्‍यो। गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए। उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे। रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो। रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन्। मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो। यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन्। राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन।
 
* आनन्द रामायण अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए। त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो। मिथिला भूमिमा सन्दुक गाड्ने काम चाहिँ रावणले गरेको थियो। गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्-'म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु।' आनन्दरामायण कै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी 'पद्मा' राजा पद्माक्षरकी छोरी हुन्। पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन्। केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन्। रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो। सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन्। यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा (सीता)ले श्राप दिएकी हुन्।
"https://ne.wikipedia.org/wiki/सीता" बाट अनुप्रेषित