"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
==परिवर्तनको संघारमा==
हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौं आए र जागीरे भए नाचघरमा । आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले। नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए। त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो।
उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी [[रत्नसम्शेर थापा|रत्नशमसेर थापाबाटथापा]]बाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए। उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल बन्दको अवस्था बन्न पुग्यो। उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसँग पनि दुरी बढाए। आफ्ना मितज्यू [[गोपाल योञ्जन]]को विवाह पछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो। उनी एक्कासित परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो। त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो।

यसैसमय उनको गीतकार [[क्षेत्रप्रताप अधिकारी]],[[किरण खरेल]], [[कालिप्रसाद रिजाल]], नोर्देन रुम्बा, [[दिनेश अधिकारी]], [[विश्वम्भर प्याकुरेल|विश्वम्भर प्याकु¥यालसँगयाल]]सँग उठबस शुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए। संगीतकारमा नयाँ पुस्तामा [[शम्भुजित बास्कोटा]], भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे।
यस ख्यातिको समय नारायणगोपालको गायनको मूल्याँकन गर्दा उनी यतिबेला संगीतजगतमा स्थापित हुने चाहने नयाँ पुस्ताका सहायक मात्र बन्न पुगेको पनि देखिन्छ। उनले धेरै युवा पुस्तालाई जगदिन कमजोर गीत पनि गाए भन्न सकिन्छ।
त्यसमध्ये [[रञ्जित गजमेरकोगज्मेर|रञ्जित गजमेर]]को बीरताको चिनो, पहाडको माथि–माथि जस्ता गीतबाट उनले आफ्नो लागि भन्दा अरुका लागि जग बनाइदिए। यो समय उनी सहायक भएर देखा परेको बुझिन्छ। अन्ततः नेपाली संगीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व नारायणगोपालले चलचित्रमा परिवर्तनमा पनि बलसाराको संगीतमा गाउन शुरु गरेर अन्तिममा चोट चलचित्रमा भूपेन्द्र रायमाझीको संगीतमा बिरही माया अधूरो भयो सम्म गाएर आफ्नो सफल यात्रा तय गरे।
कुल मिलाएर अठ्ठाईसवर्षको निरन्तर गायनमा नारायणगोपालले डेढ दर्जन चलचित्रमा गाए भने एकसय सन्तावन्न ओटा गीत गाए। उनले आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिकाको गीत बनाए।