"पण्डित विजयराज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
|religion = [[हिन्दू]]
}}
'''पण्डित विजयराज''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र विक्रम]]को पालामा [[हनुमान ढोका|हनुमानढोका]] अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । [[कोत पर्व]] पछी [[जंगबहादुर राणा|जङ्गबहादुर]] प्रधानमन्त्री बने । [[रानी लक्ष्मीदेवी]]ले जङ्गबहादुर र उनका भाइहरुको हत्या गर्ने षड्यन्त्र गर्दा उनलाई पनि सो योजना बताएका थिइन् । तर उनले भण्डारखालको बगैचामा भोजको आयोजना गरिएको दिनमा थापाथलीमा गएर षडयन्त्रको सबै पोल जङ्गबहादुरलाई खोले । श्रीकृष्ण श्रेष्ठको उपन्यास "जंगबहादुर "का अनुसार पण्डित विजयराजलाई षड्यन्त्रमा सामेल गरिएको थिएन । दरबारको सुसारे पुतली नानीले जंगबहादुर विरुद्धको सो षड्यन्त्रको योजना सुनेकी थिइन् । विजयराज हनुमानढोकामा पुराण भन्न आएको बेलामा पुतली नानीले यो षड्यन्त्र जंगबहादुरलाई सुचित गर्न अनुरोध गरेकी थिइन् । विजयराजले यो कुरा थापाथली गएर जंगबहादुरलाई बताए । जंगबहादुरले यो कुरा सहि ठहर भए विजयराजलाई बडा गुरुज्यु बनाउने तर गलत साबित भए चारपाटा मुडेर चार भञ्ज्याङ कटाउने बताएका थिए ।
 
यसरी जंगबहादुरको विश्वास जित्न सफल विजयराजलाई प्रधानमन्त्री जंगबहादुरले बडागुरुज्यू बनाए । पण्डित विजयराज पाण्डे आफना राजगुरु र धर्माधिकार मान पदवी जागीर षानगी इ सबई त्यागी बिक्रम सम्बत १९२१ मार्ग वदी ११ का दिन श्री काशी बास चल्या ।