"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५:
ऐतरेय ब्राह्मणको कथा अनुसार , हरिशचन्द्रको १०० पत्नी थिए तर कुनै सन्तान थिएनन् । [[नारद]] मुनिको आज्ञा अनुसार उनले , [[वरुण]]को प्राथना गर्छन । वरुणले उनलाई पुत्र प्रदान गर्न मन्जुर भए तर उनले उक्त पुत्रको बलि चडाउनु पर्ने साट्न राखे । बरुणको वरदानले पुत्र पैदा भए र उनको नाम रोहित राखियो । तब वरुण आए र पुत्रको बलि मागे । राजाले बिभिन्न बहाना बनाउदै धेरै पातक टार्दै गए । रोहित जब ठुलो भए र यो कुरा थाहा पाए तब उनी भागे र जंगलमा लुक्न गए । वरुणले रिसाएर उनलाई पेट सम्बन्धि बिमारीको श्राप दिए । रोहितको बदलामा अन्य कोहिको बलि दिने उपाय कसैले देखाए । अजिगर्त नामक एक गरिब र दरिद्र ब्राह्मणको तीन पुत्र थिए । उनले यदि सय गाई पाए आफ्नो एक छोरा बलिको लागि दिने कुरा बताए । जेठ छोरा बाबुको तिर लागे भने कान्छा छिरा आमाको तिर लागे र महिला छोरा शुनःशेपलाई ब्राह्मणले बेची दिए  । शुन:शेप ले [[विश्वामित्र ऋषि]]को सुझावमा ऋग वेदका मन्त्रोच्चारण गरे र बलि हुन बाट जोगिए । उनको प्राथना बाट हरिशचन्द्रको बिमारी समेत निको भयो ; शुन:शेपलाई  विश्वामित्र ऋषिले धर्म पुत्र पाले।
 
=== मार्कण्डेय पुराण ===
 
=== विश्वामित्र वशिष्ट विवाद ===
राजा हरिशचन्द्र [[त्रेता युग]]का एक प्रजापलक राजा थिए । उनको शैव्या (तारामती) नामकी रानी र रोहित नामको छोरा थिए । एक पटक सिकार खेल्न जाँदा बाटो भुले । उनले  [[विश्वामित्र ऋषि]]लाई देखे र सहयोग गर्न याचना गरे ।
 
सहयोग गरे बापत इच्छा गरेको पुरा गरि दिने वचन उनले दिए ।ऋषिले। ऋषिले उनलाई फिर्ता जाने बाटो देखाईदिए । केहि समय बितेपछी ऋषि उनको दरबारमा गए र उनले दक्षिणा मागे र [[राजसुय यज्ञ]] गर्न लगाए । ऋषिले राजाको सम्पूर्ण राज्य जाय जेथा श्री-सम्पति माग राखे । हरिशचन्द्रले मन्जुर गरे र महल र दरबार छोडेर परिवार सहित हिंडे ।
 
राजमहल छोडेपछी हरिशचन्द्र गरिवी र दरिद्रता मादरिद्रतामा बस्न थाले । उन प्रतिउनप्रति बफादार उनका समर्थक तथा शुभचिन्तक हरुले उनलाई पछ्याउन थाले ।   जब  विश्वामित्र ऋषिले यो देखे विश्वामित्रले उनले आफ्नो राज्यको अंगको रुपमा रहेकालाई आफ्नो समर्थक बनाएर हिदाएओ गुनासो गरे र आफ्नो राज्यमा नबस्न भने । राजाले ऋषिलाई दिएको आफ्नो राज्यबाट अन्त जाने निर्णय गरे । ऋषिले उनलाई अपमान गरे । यो देखेर पाँच दिक्पालले विश्वामित्रको निन्दा गरे । विश्वामित्रले दिक्पाललाई[[दिक्पाल]]लाई अर्को जन्ममा मानव भएर जन्मनु पर्ने श्राप दिए र उनीहरु [[पाण्डव]] र [[द्रौपदी]]का पुत्र भएर जन्मे ।
 
आफ्नो राज्य बाट हिंडेको झन्डै एक महिना पछी, हरिशचन्द्र [[वाराणसी|काशी]] पुगे जहाँ विश्वामित्र पुगिसकेका थिए । उनले राजाले दिएको वचन अनुसर भिक्षा माग गरे । राजाले केहि समय मागे र ऋषिले अर्को सुर्यास्त सम्ममा आफुलाई सो दान चाहिने कुरा राखेर हिँडे । एकातिर भोको छोरो रोहिरहेको छ भने अर्को तिर ऋषिलाई दिएको वचन कसरि पुरा गर्ने भन्ने चिन्ताले राजालाई निकै सतायो । रानीले उनलाई बेचेर केहि पैसा आउने प्रस्ताव गरिन् । केहि संकोच मानेर हरिशचन्द्रले रानी शैव्यालाई बेचे तर छोरा आमा छाड्न तयार थिएनन् र छोरा आमा संगै लग्यो ।
 
तत्कालै , विश्वामित्र उनको अगाडी देखा परे र दाङकोदानको माग गरे । रानी र छोरालाई बेचेर प्राप्त भएको सबै पैसा उनले ऋषिलाई दिए ।तर , विश्वामित्र अझै सन्तुष्ट थिएनन् । हरिशचन्द्रले आफैलाई बेच्ने निर्णय गरे । एउटा [[छुवाछुत|तल्लो जातिको चण्डाल]] ले उनलाई किन्ने भने , तर राजा आफु [[क्षत्रिय]] भएको नाताले आत्मा-सम्मानको कारण त्यो चाहेनन् । बरु उनले आफु विश्वमित्रको दास हुने प्रस्ताव राखे । विश्वमित्रले मन्जुर गर तर तत्कालै भने " तिमि मेरो दास भएको हुनाले , तिमीले मैले भनेको मान्नु पर्छ । म तिमीलाई यो चण्डालको हातमा बेच्छु । चण्डालले ऋषिलाई सुनको सिक्का दिए र हरिशचन्द्र उनको दास भए ।
 
चण्डालले हरिशचन्द्रलाई चिहान खन्न काम लगाउथ्यो । उनले त्यहाँ दाहसंस्कार गरिने प्रत्येकको पैसा लिनलाई लगाएको थियो : त्यसको केहि हिस्सा चण्डाललाई जान्थ्यो, केहि स्थानीय प्रशासनलाइ पुग्थ्यो र बाँकी हरिशचन्द्रको पारिश्रमिक थियो । हरिशचन्द्र चिहानमा बस्न र काम गर्न थाले ।
 
=== अन्तिम परिक्षा ===
चण्डालले हरिशचन्द्रलाई चिहान खन्न काम लगाउथ्यो । उनले त्यहाँ दाहसंस्कार गरिने प्रत्येकको पैसा लिनलाई लगाएको थियो : त्यसको केहि हिस्सा चण्डाललाई जान्थ्यो, केहि स्थानीय प्रशासनलाइ पुग्थ्यो र बाँकी हरिशचन्द्रको पारिश्रमिक थियो । हरिशचन्द्र चिहानमा बस्न र काम गर्न थाले । एक दिन उनले आफ्नो पहिले को जीवन र अहिलेको अवस्थाको बारेमा सपना देखे र अहिले भोग्नु परेको अवस्थालाई पहिलेको जीवनको पापको रुपमा लिए । सपनामा उनले रानीलाई रोइरहेको देखे । उनी बिउझिए । जब उनी बिउझिए , उनले आफ्नो अगाडी एक महिला रोइरहेको देखे । उनले आफ्नो छोरालाई बोकिरहेकी थिइन् जसको सर्पले डसेर मृत्यु भएको थियो । नजिकै गएर हेर्दा ती महिला उनकै रानी शैव्या थिइन् र छोरा रोहितको सर्पले डसेर मृत्यु भएको थियो । आफ्नो दुर्भाग्य देखेर , हरिशचन्द्रलाई आत्महत्या गर्न मन लाग्यो , तार उनले अर्को जन्ममा पनि यसको फल भोग्नु पर्ने महसुस गरे ।
 
जब रानीले छोराको दाहसंस्कार गर्ने सुरसार गरिन् , हरिशचन्द्रले यो बताएकि उनले पैसा नदिए सम्म हरिशचन्द्रले उनलाई दाहसंस्कार गर्न दिन सक्दैनन् । त्यो बेला धर्म सहित सबै देवी देवता र विश्वामित्र उपस्थित भए । उनीहरुले हरिशचन्द्रको सत्य बादी गुण र सत्गुणको प्रशंसा गरे र उनलाई स्वर्गमा निम्त्याए ।