"महिन्दा राजपाक्षे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
 
}}
'''महिन्दा राजपाक्षराजपाक्षे''' दक्षिण एसियाली राष्ट्र [[श्रीलङ्का]]को पुर्व [[राष्ट्रपति]] हुन् ।<ref>{{cite web|url=http://news.bbc.co.uk/2/hi/south_asia/8482270.stm |title=(BBC) |publisher=BBC News |date=2010-01-27 |accessdate=2012-09-28}}</ref> उनको जन्म सन् १९४५को १८ नोभेम्बर मा श्रीलङ्कामा भएको थियो ।
 
श्रीलंकामा पृथक्तावादी नारासहित सशस्त्र विद्रोह सुरु गरेको तमिलभाषीहरूको समूह लिट्टेलाई हतियारका बलमा पेलेर उनले श्रीलंकामा २७ वर्ष लामो गृहयुद्ध समाप्त गरेका थिए । त्यसलगत्तै भएको निर्वाचनपछि उनी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित हुन पुगे । उनी सन् १९७० मा पहिलोपटक सांसद बनेका थिए ।
 
राजापाक्षेले श्रीलंकाली सेनाको सेनाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । पेसाले अधिवक्ता उनी सन् २००५ मा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुअघि श्रीलंकाका प्रधानमन्त्री थिए । सन् २००४ मा भएको संसदीय निर्वाचनमा श्रीलंकाको युनाइटेड पिपल्स फ्रिडम एलायन्स गठबन्धनले बहुमत हासिल गरेपछि गठबन्धनका नेता राजापाक्षे प्रधानमन्त्री बनेका थिए । त्यतिवेला उनले राजमार्ग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । सन् २००५ मा भएको राष्ट्रपति निर्वाचनले राजापाक्षेको पार्टी श्रीलंका फ्रिडम पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनायो । यसपटक पनि उनी विजयी भए ।
 
राष्ट्रपति बनेपछि राजापाक्षेले रक्षा र अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालय पनि आफैँ सम्हाले । त्यसपछि उनले लिट्टे समस्याको सैन्य समाधान खोज्ने काम गरे । अन्त्यमा सेनाको कारबाहीमा परी लिट्टे प्रमुख प्रभाकरणको मृत्यु भएपछि श्रीलंकामा गृहयुद्ध समाप्त भएको औपचारिक घोषणा गरियो ।
 
== २०१५ राष्ट्रपति निर्वाचन ==
श्रीलंकामा २०१५ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनी पराजित भएका थिए। उनले निर्वाचन हारेपछि जनमतको कदर गर्ने भन्दै सत्ता छाडेका थिए। तर कतिपय सत्तापक्षीय व्यक्तिहरुले उनले 'कू' गर्न खोजेको बताएपछि राजापाक्षले त्यसको खण्डन गरेका हुन्।<ref>http://archive.nagariknews.com/world/story/31341.html</ref>
 
==सन्दर्भ सामग्रीहरू==