"सप्तकोशी नदी" का संशोधनहरू बिचको अन्तर

fixing numbering
विवरण थप्दै
पङ्क्ति ९५:
'''सप्तकोशी नदी''' चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । '''कोशी नदी''' नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा [[अरुण नदी|अरूण]], [[तमोर नदी|तमोर]], [[सुनकोशी नदी|सुनकोशी]], [[भोटेकोशी नदी|भोटेकोशी]], [[लिखू नदी|लिखु]], [[तामाकोशी]], [[इन्द्रावती (स्पष्टता)|इन्द्रावती]] पर्दछन।
 
सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ। हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा [[सुनसरी जिल्ला]]को चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको [[कोशी बाँध]] पार गरेर यो नदी भारत प्रवेश गर्दछ र [[भारत]]को विहार राज्यको कर्सेला घाटमा ग‌ंगा नदीमा मिल्दछ। वर्यषायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।
 
==नदीको प्रभाव==
[[File:Koshi.jpg|thumb|right|200px|लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध]]
 
आफ्नो भौगोलिक स्वरूपमा यो नदीले पछिल्ला २५० वर्षहरूमा १२० किमीको क्षेत्र विस्तार गरिसकेको छ। हिमालयका अग्ला पहाडहरूबाट विभिन्न प्रकारले बालुवा, कंकड-पत्थर आदी बगाएर लैजाने भएकोले नदीको क्षेत्र फैलदै गइरहेको छ।योछ। यो नदीले उत्तरी बिहारका मैदानी क्षेत्रहरूलाई सिंचित पारेर उब्जाउ बनाउँछ। नेपाल र भारत दुबै देश मिलेर यो नदीमा कोशी बाँध निर्माण गरिएको छ।पर्यावरणविदहरूकाछ। त्यसैगरी कोशीको बहाब नियन्त्रण गर्ने विद्यूत उत्पादन गर्ने तथा जल यातायात सञ्चालन गर्ने उद्देश्यले [[सप्तकोशी उच्च बाँध|कोशी उच्च बाँध]] निर्माण गर्ने अध्ययन सुरु भएको छ। पर्यावरणविदहरूका अनुसार यसरी बाँध निर्माण गर्नु चुनौतीपुर्ण हुन सक्छ। यो नदीको बहाव यति तेज छकी र यसको साथमा बगेर आउने पत्थरहरूले बाँधलाई पनि तोड्न सक्छ र यसले झनै ठुलो जोखिम निम्त्याउन सक्छ।
 
==सहायक नदीहरू==
"https://ne.wikipedia.org/wiki/सप्तकोशी_नदी" बाट अनुप्रेषित