"दक्षिण अमेरिका" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
दक्षिण अमेरिका
पङ्क्ति १:
[[चित्र:LocationSouthAmerica.png|thumb|250px|[[विश्व]] [[नक्शा]]मा दक्षिण अमेरिकाको स्थिति]]
[[चित्र:South America satellite plane.jpg|thumb|250px|]]
'''दक्षिण अमेरिका''' [[उत्तर अमेरिका]] [[महादेश]]को दक्षिणमा स्थित छ। [[पानामा नहर|पनामा नहर]]ले यि दुबै महादेशलाई छुट्याउँछ । यसको पश्चिममा [[पेसिफिकप्रशान्त सागरमहासागर]] (Pacific Ocean ) छ र पूर्वमा [[अटलांटिकआन्ध्र सागरमहासागर]] (Atlantic Ocean) पर्दछ ।
दक्षिण अमेरिकाको केही महत्वपूर्ण [[भौगोलिक]]हरू:
 
* [[अण्डेश|एन्डिज पर्वत माला]]
* [[अमेजन नदी]]
* [[Rio de Janeiro]]को शहर, [[ब्राजिल]]
* [[लिमा]], [[पेरू|पेरु]]को शहर
* [[केप हर्न]], [[चाईल]]/[[अर्जेण्टाईना]]
 
== भौगोलिक अवस्था ==
दक्षिण अमेरिका महादेश १२० उत्तरी अक्षांशदेखि ५५० दक्षिणी अक्षांशसम्म फैलिएको छ । यो उत्तर अमेरिका महादेशको दक्षिणी खण्ड पनामासँग जोडिई दक्षिणतर्फ निरन्तर फैलिएको छ । यस महादेशको उत्तरी भूभागमा [[भूमध्य रेखा (भूगोल)|भूमध्य रेखा]] पर्छ । दक्षिणको भूमि दक्षिण ध्रुवको नजिकैसम्म फैलिएको छ । दक्षिण अमेरिका महादेशको पश्चिमपट्टि उत्तरदेखि दक्षिणसम्म विशाल पर्वत माला रहेको छ । एन्डिज नामले प्रसिद्ध यो मोडदार पर्वतमाला विश्वकै सबैभन्दा लामो पर्वत शृङ्खला (७,००० कि.मि.) पनि हो । [[एन्डिज पर्वत माला]]को सबैभन्दा अग्लो टाकुरा ६,९६० मि. अग्लो माउन्ट अकान्नकागुवा हो । ६,००० मि. भन्दा अग्ला धेरै चुचुराहरू रहेको यो पर्वत मालामा उच्च समस्थलीहरूसमेत छन् । यो क्षेत्र प्रशान्त अग्निको घेराभित्र पर्ने हुँदा निरन्तर भूकम्प र ज्वालामुखी गइरहन्छन् ।
 
यस महादेशको सर्वाधिक उचाइमा रहेको [[टिटीकाका ताल|टिटिकाका ताल]] पनि एन्डिज पर्वत मालामा नै रहेको छ । दक्षिण अमेरिका महादेशको पूर्वी भागमा पुरानो कडा चट्टान युक्त उच्चभूमि छ । पूर्वोत्तर क्षेत्रमा गायनाको उच्चभूमि पर्छ । महादेशको पश्चिमको एन्डिज र पूर्वी उच्चभूमिको बिचमा संसारकै सबैभन्दा ठुलो नदी अमेजन र अर्को ओरिनको नदीले बनाएको विशाल मैदानी क्षेत्र छ । मध्य र दक्षिण पूर्वी क्षेत्रमा पाराना र पाराग्वे नदी एवम् तिनले बनाएको पम्पास भनिने घाँसे मैदानी क्षेत्र रहेको छ । यो महादेशको सुदूर दक्षिण पूर्वी क्षेत्रमा चिसो [[पाटागोनियन मरुभूमि|पाटागोनिया मरुभूमि]] पर्छ । त्यस्तै चिलीको उत्तर पश्चिमी भागमा [[अटकामा मरुभूमि]] पर्छ ।
 
== हावापानी ==
अमेजन बेँसी क्षेत्रमा बर्सैभरि गर्मी हुन्छ । यहाँ ओसिलो हावापानी पाइन्छ । भूमध्य रेखीय क्षेत्र हुनाले दैनिक घनघोर वर्षा हुन्छ र बाढी आइरहन्छ । त्यस्तै महादेशका किनारी क्षेत्रमा पनि सामुद्रिक प्रभावले बर्सैभरि वर्षा भइरहन्छ । यस महादेशको मध्य क्षेत्रका कतिपय भूभागमा अनिश्चित वर्षा हुन्छ । यस क्षेत्रमा लामो खडेरी भइरहन्छ । यस महादेशको पूर्वोत्तर क्षेत्रमा असामयिक वर्षा र बढी गर्मी हुन्छ । यहाँ निरन्तर हावाहुरीको प्रकोप भइरहन्छ । यसरी यो महादेशमा हावापानीको विविधता रहेको छ ।
 
== वनस्पति ==
अमेजन बेँसीमा घना उष्ण सदावहार जङ्गल फैलिएको छ । ‘सेल्भास’ नामले चिनिने यो संसारकै सबैभन्दा विस्तृत क्षेत्रमा फैलिएको जङ्गल पनि हो । यो क्षेत्रको जङ्गलमा कडा काठका अग्ला वनस्पतिहरू पाइन्छन् । पूर्वोत्तर क्षेत्रको उच्च भूमिमा घाँस पाइन्छ । मध्य र दक्षिण पूर्वीक्षेत्रमा पम्पास भनिने घाँसे मैदानी क्षेत्र छ । सबैजसो मरुस्थलीय क्षेत्रहरू वनस्पति विहीन छन् ।
 
==दक्षिण अमेरिकामा निम्न देशहरू शामेल छन==