"सात सालको क्रान्ति" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
 
 
'''२००७ सालको क्रान्ति''' लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय [[राणा शासन]] विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा [[राणा शासन]]को अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा [[नेपाल प्रजा परिषद्]] [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] पार्टीहरूले भाग लिएका थिए। [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा [[बडाहाकिम]]हरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच [[दिल्ली सम्झौता|त्रिपक्षीय सम्झौता]] भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो।
 
लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका [[त्रिभुवन वीर विक्रम शाह|राजा त्रिभुवन]] २००७ फागुन ६ गते नेपाल आए र ७ गते [[लोकतन्त्र|प्रजातन्त्र]]को घोषणा गरियो।
पङ्क्ति ३३:
 
==क्रान्तिको स्वरूप==
नेपाली काङ्ग्रेसको असोज ११—१२, २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । २१ कार्तिक २००७ मा क्रान्तिको घोषणा भयो । यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे । तात्कालीन राणा प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]ले त्रिभुवनका चार वर्षीय माहिला नाति [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र]]लाई गद्दी आरोहण गराए । त्यस घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मोहन शमशेरको आलोचना भयो ।
 
नेपाली काङ्ग्रेसले गठन गरेको राजनीतिक दस्ता मुक्ति सेनाले सुरुमा विराटनगरलगायत पूर्वी पहाडी क्षेत्र कब्जामा लियो । वीरगञ्जमा थिरबम मल्ल र पुरन सिंहले क्रान्तिको नेतृत्त्व गरेका थिए । सशस्त्र आन्दोलनका व्रmममा [[थिरबम मल्ल]]ले वीरगति प्राप्त गरे । पश्चिमी क्षेत्रमा डा. [[कुँवर इन्द्रजित सिंह|कुँवर इन्द्रजित]] (के.आई.) सिंहले नेतृत्त्व गरेका थिए । उनको नेतृत्त्वमा भैरहवामा [[मुक्ति सेना]]ले ठुलो सफलता हात पारेको थियो । पूर्वी नेपालको मोर्चा सम्हालेका बी.पी. कोइराला र सुवर्ण शमशेरले बिनायुद्ध पनि धेरै ठाउँहरू कब्जा गरे । पूर्वी क्षेत्रदेखि पश्चिम क्षेत्रसम्म धेरै स्थानहरू मुक्ति सेनाले कब्जामा लियो र ती ठाउँहरूमा जन सरकार गठन गरियो । राणाहरूलाई कर नतिर्न आह्वान गरियो । यसले राणाहरूको उपस्थिति काठमाडौँमा मात्र सीमित रहन पुग्यो । स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे ।
 
वार्ताका लागि आफ्ना छोरा [[विजय शमशेर]]लाई दिल्ली पठाए । तात्कालीन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेबु्रअरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय [[दिल्ली सम्झौता]] भयो । तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र फागुन ७ मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे । यसरी १०४ बर्से राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो ।
 
== दिल्ली सम्झौताका मुख्य सर्तहरू ==
(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने
 
(ख) १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने
 
(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने
 
(घ) फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने
 
(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने ।
 
== डा. के.आई. सिंहको द्रोह ==
तर डा. [[कुँवर इन्द्रजित सिंह|के.आई. सिंह]] उक्त सम्झौताप्रति असहमत भए । उनले राणा शासनको कुनै पनि अवशेष रहन दिनुहुँदैन भन्ने विचार राखेका थिए । पश्चिम कमाण्ड सम्हालेका सिंहले विद्रोह जारी राख्ने उद्घोष गरे । राजा त्रिभुवनको सन्देश र नव सरकारको क्रान्ति बन्द गर्नु भन्ने आदेशप्रति कुनै ध्यान दिएनन् । तसर्थ उनलाई देशद्रोहीको मुद्दा लगाइयो ।
 
==क्रान्तिको उपलब्धि==
प्रजातन्त्रको घोषणा सँगै राणा र कांग्रेस दुवै पक्षको सहभागिता गराई एक मन्त्रिपरिषद्को घोषणा भयो। [[नेपालको अन्तरिम शासन विधान २००७]] जारी गरियो।