"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

Birendra_Aishwarya_1970.jpg हटाईंदै, कमन्समा Ellin Beltzले per c:Commons:Deletion requests/File:Birendra Aishwarya 1970.jpg को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
'''वीरेन्द्र वीर विक्रम शाह'''(वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो । <ref>[http://hamronewyork.com/?p=1116 आज पूर्व राजा बीरेन्द्र शाहको जन्म दिन]</ref> जसलाई नारायणहिटी [[दरवार हत्याकाण्ड]]को रूपमा चिनिन्छ ।
 
[[File:King Birendra Bir Bikram Shah.jpg|thumb|राजा बीरेन्द्र]]
तीन जना सन्तान [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] शाह, [[अधिराजकुमारी श्रुती शाह]] तथा [[अधिराजकुमार निराजन शाह]]को रूपमा जन्मिएका थिए । वीरेन्द्रका दुई भाइ थिए [[धिरेन्द्र शाह]] र [[ज्ञानेन्द्र शाह]]। धिरेन्द्रको राज[[दरवार हत्याकाण्ड]]मा मृत्यु भएको थियो । राजा बीरेन्द्रकै समयमा २०३७ सालमा [[जनमत संग्रह]] र [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]] बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत संग्रह]]को घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।