"नारायण वाग्ले" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
[[जनमन्च साप्ताहिक]] मार्फत पत्रकारिता गर्दै उनी [[कान्तिपुर दैनिक]]मा समाचारदाता तथा समाचार सम्पादक हुँदै सम्पादक बने।
==उपन्यासलेखन==
[[पल्पसा क्याफे]] उपन्यासका लागि वाग्लेलाई [[मदन पुरस्कार]] २०६१ प्राप्त भयो। <ref>http://www.madanpuraskar.org/guthi/narayanwagle.php</ref> नेपालको आख्यान इतिहासमा सबैभन्दा बढी बिक्री भएको उपन्यासका रूपमा 'पल्पसा क्याफे' परिचित छ। उनको पछिल्लो उपन्यास [[मयूर टाइम्स]] वि.सं. २०६६ सालमा बजारमा आएको छ। यसले पनि दुई सातामै १० हजार प्रति बिक्री भएर अर्को रेकर्ड बनाइसकेको छ। उपन्यासकारको परिचय बनाउनुअघि उनलाई पाठकहरूले [[कफीगफ]] लेखकका रूपमा चिन्थे, जुन एकताका [[कान्तिपुर कोसेली]]को प्रसिद्ध स्तम्भ थियो।
 
वाग्ले फिरन्ताका रूपमा पनि चिनिएका व्यक्ति हुन्। उनले मुलुकका थुप्रै भाग हिँडेरै छिचोलेका छन्। यसरी घुमफिरमा लागेका बेला पुगेका ठाउँको स्वादलाई फर्केपछि सबैका माझमा पस्कन सक्नु उनको अर्को विशेषता हो। पत्रिका र पुस्तकबाहेकपुस्तक बाहेक उनले त्यो स्वाद नेपाली संगीतका माध्यमबाट पनि बाँडेका छन्। उदाहरणका निम्ति चर्चित लोक पप समूह [[नेपथ्य]]ले गाएको लोकप्रिय गीत [[भेँडाको उनजस्तो...]] उनकै संकलनको गीत हो।
 
वाग्ले पूर्वसभामुख [[दमननाथ ढुंगाना]] तथा साहित्यकार [[भुवन ढुंगाना]]का ज्वाईं हुन्। उनको परिवारमा आमा, श्रीमती निकिता र छोरी नसला छन्।