"पशुपतिनाथ मन्दिर" का संशोधनहरू बिचको अन्तर

थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
{{Infobox Mandir
| name = पशुपतिनाथ मन्दिर
| image =001 Pashupatinath.Overview Temple and its premises.jpg
| image_alt =
| caption = पशुपतिनाथ मन्दिर
पङ्क्ति ४०:
यो मन्दिर यस संसारमा रहेका २७५ [[पादल पेत्र स्थलम]] (शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले [[महाशिवरात्री|शिवरात्रि]] पर्व विशेष महत्वका साथ मनाइन्छ। [[महाशिवरात्री|शिवरात्रि]] नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गरेको छ । यस दिन आरध्यदेव पशुपति अर्थात् [[शिव]]जीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा [[शिव]]को दिव्य जन्म वा अवतरणको महान् दिन हो [[महाशिवरात्री|शिवरात्रि]]। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने [[शिव]]रात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। [[शिव]]रात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।<ref name=junu131>{{cite web|title=मुलुक भरि महाशिवरात्री पर्व मनाईदै|url=http://www.souryadaily.com/2013/03/61463.html|publisher=souryadaily.com|accessdate=1 August 2013}}</ref>
 
[[File:Pashupatinath.Overview.jpg|thumb|300px|पशुपतिनाथ मन्दिर]]
श्लेमान्तक वन, पशुपति का. म. पा. ८ तीनथाना गा. वि. स. वडा नं. १मा रहेको विष्णु देवी क्षेत्र यस गाविसको मात्र महत्वपूर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो। धार्मिक हिसाबले सातौ पिठको रूपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ। ०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ। चोरी भएको सरस्वतीको मूर्तिको दुई पाऊ अद्यावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूर्ति बनाई स्थापना गरेको पाइन्छ। विष्णु देवीको द्वारपालको रूपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाइन्छ। सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्राथना गरिरहेको मूर्ति सहितको खम्बा संवत १९१०मा स्थापना गरेको देखिन्छ। पाप धर्मको परिक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ। यस विष्णु देवी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रभित्र समेत पर्ने भएको हुनाले यसको यथार्थ खोजविन हुन आवश्यक देखिन्छ।