"बालकुमारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Brotoya56 (वार्तालाप)द्वारा Biplab Anandद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्...
पङ्क्ति १०३:
 
 
==बजारशास्त्र कक्षा 12==
 
[[बजारशास्त्र]]
 
सामान्यतया वस्तु तथा सेवाको उत्पादन गर्ने कार्यदेखि उक्त वस्तु तथा सेवाको विक्रीवितरणलाई बजारीकरण भनिन्छ। यि सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई बजारशास्त्र भनिन्छ। उपभोक्ताको चाहना अनुसार वस्तुको आपूर्ति सम्बन्धी योजना बनाउने,मूल्य निर्धारण गर्ने,श्रेणीकरण गर्ने,प्रवद्धन तथा बिक्री वितरण गर्ने सम्मको कार्यलाई बजारशास्त्र भनिन्छ। विशेष गरी पौराणिक अध्ययन गर्ने अवधारणाले नाफामा केन्द्रित भएर बजारशास्त्रको परिभाषा दिएको छ भने आधुनिक परिभाषाले उटभोक्ताको सन्तुष्टिलाई ध्यानमा राखेर परिभाषित गरेको पाईन्छ।
पङ्क्ति ११३:
पिटर ड्रकरका अनुसार - ग्राहकको आवश्यकता पहिचान अनुमान र त्यसलाई सन्तुष्ट गरेर नाफाजनक विक्री र लगानीमा सन्तोषजनक उपलब्धि हासिल गर्न सकिन्छ।
 
[[बजाशास्त्रको महत्त्व]]
 
बजारशास्त्र सबैका लागि महत्वपूर्ण छ। यसले उपभोक्ता, उत्पादक समाज सबैलाई फाईदा पुर्याईरहेको हुन्छ । उपभोक्ता अर्थात ग्राहकले बजारशास्त्र मार्फत विभिन्न प्रकारका वस्तु तथा सेवा प्राप्त गरी आफ्ना आवश्यकता पूरा गर्दछन् उत्पादकले वस्तु विक्री वितरण गरी मुनाफा कायम गर्छन् र समाजले नया नया वस्तुको प्रयोग पश्चात आधुनिक बाटोतिर अग्रसर हुने अवसर प्राप्त गर्दछ यसरी हेर्दा बजारशास्त्र समाज उपभोक्ता र उत्पादक दुवैका लागि महत्वपूर्ण मानिन्छ।
 
[[उपभोक्ताको लागि बजारशास्त्रको महत्त्व]]
 
बजारशास्त्रमा जे जति क्रियाकलापहरु गरिन्छ ति क्रियाकलापहरु उपभोक्ताका लागि नै लक्षित गरिन्छ। त्यसैले उपभोक्ताको लागि बजारशास्त्रको महत्त्वलाई निम्न बुँदामा प्रस्ट पार्न सकिन्छ।
 
[[(१)सुचना प्रदान गर्नु]]
 
उपभोक्ताले विशेषता, प्रयोग विधि, वस्तु उपलब्ध हुने स्थान, वस्तुको फाईदा आदि बारेमा विभिन्न माध्यमबाट सुचना प्राप्त गर्दछ। बजारशास्त्रकै कारण उल्लेखित कुरा सम्भव भएको हो। त्यसैले बजारशास्त्रले उपभोक्तालाई सूचना प्रदान गर्दछ।
 
[[(२)सन्तुष्टि प्रदान गर्नु]]
 
बजारशास्त्रका कारण उपभोक्ताले छनोटको सुविधा, मूल्यको तुलना, प्रतिस्पर्धी वस्तुको मूल्य जस्ता विभिन्न वस्तको बारे आफूमा भएका जिज्ञासाहरु समाधान गर्ने अवसर प्राप्त गर्दछन। जसका कारण उपभोक्ताहरुमा आत्मसन्तुस्टि वद्धि हुन्छ। त्यस्तै उनीहरुले आफुलाई आवश्यक परेको वस्तु प्राथमिकताका आधारमा खरिद गर्न सक्छ त्यसैले बजारशास्त्रका कारण उपभोक्ताहरुलाई सन्तुष्टि प्राप्त गर्दछ।
 
[[(३)छनोट सुविधा]]
 
बजारशास्त्रले बजारमा विभिन्न स्वाद, रड़, आकार, प्रकार, मूल्य स्तर जस्ता वस्तुहरु उपलब्ध गराउँछ। जसका कारण उपभोक्ताले आफ्नो इच्छा अनुसारका वस्तुहरु छानिछानि खरीद गर्न पाउँछन्।
 
[[(४)जीवन स्तर मा सुधार]]
 
बजारशास्त्रका कारण बजारमा नयाँ नयाँ वस्तुहरु उपलब्ध हुन्छन्। यस्ता नयाँ र आधुनिक वस्तुहरु उपभोक्ताले पनि प्रयोग गर्न थाल्दछन् जसका कारण उपभोक्ताको जीवन स्तरमा सुधार आउँछ। उपभोक्ताको लवाईखवाई नै जीवनस्तर मापन गर्ने आधार हो। त्यसैका कारण बजारशास्त्रले उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउँछ।
 
[[(५)उचित मुल्य]]
 
बजारशास्त्रका कारण बजारमा उही स्तरका वस्तुहरु विभिन्न उत्पादककाँ उपलब्ध हुन्छन्। जसका कारण उत्पादक र उपभोक्ताहरुबीच तीव्र प्रतिस्पर्धा हुन्छ त्यसैले ऊत्पादकले आफूलाई बजारमा टिकाईराख्न आफ्ना वस्तुका मूल्य कटौती गर्दछन्। जसका कारण उपभोक्ताले उचित मूल्यमा वस्तु तथा सेवा प्राप्त गर्न सक्छन्।
 
 
[[उत्पादनको दागि बजारशास्त्रको महत्त्व]]
 
कुनै एउटा फर्मले कुनै अर्को फर्मसंग प्रतिस्पर्धा गर्न उसले बजारशास्त्रका विभिन्न क्रियाकलापहरु र रणनीतिहरु अपनाउनु पर्ने हुन्छ। त्यसकारण कुनै पनि फर्म ऊद्योगलाई बजारशास्त्रको महत्त्व छ भन्ने कुरा निम्न बुँदामा स्पष्ट पार्न सकिन्छ।
 
[[(१)व्यवसायीक योजना गर्न]]
 
उद्योगले कुनै पनि वस्तु उत्पादन गर्नु पूर्व के कति उत्पादन गर्ने भन्ने कुराको अनुमान बिक्रीको आधारमा गरिन्छ। त्यसैले बजारशास्त्रका कारण कुन वस्तु उत्पादन गर्ने कति परिमाणमा उत्पादन गर्ने भन्ने बारेमा योजना बनाउने र निर्णय गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैले बजारशास्त्र क्रियाकलापले योजना बनाउन सहयोग गर्छ भन्न सकिन्छ।
 
[[(२)विनिमयको विकास]]
 
बजारशास्त्रको क्रियाकलापको क्रममा यसलाई सफल पार्न विभिन्न संस्था तथा व्यक्तिबीच निरन्तर विनिमय भईरहेको हुन्छ। उत्पादक तथा फर्मले सही मूल्यमा सही तरीकाबाट थोक तथा खुद्रा बिक्रेतालाई वस्तु उपलब्ध गराईरहेको हुन्छ। जसका कारण उनीहरुबीच विनिमयको विकास भईरहेको हुन्छ।
 
[[(३)नाफामा बृद्धि]]
 
बजारशास्त्र क्रियाकलापमा वृद्धि हुँदा फर्मको नाफा पनि स्वत बृद्धि हुन्छ। बजारशास्त्रका क्रियाकलापहरु जस्तै: विज्ञापन, व्यक्तिगत विक्री प्रचार, जनसम्पर्क जस्ता क्रियाकलापहरुले मागमा बृद्धि गराउँछ।
 
[[(४)समाजसंग सम्बन्ध]]
 
बजारशास्त्र क्रियाकलाप गर्ने क्रममा ऊत्पादनका प्रतिनिधि हरु प्रत्यक्ष रुपमा समाजसम्म पुग्दछन्। जसका कारण समाजका व्यक्तिहरुले वस्तु तथा सेवाका बारेमा आफ्ना भावनाहरु राख्न पाउँछन् र जसका कारण उत्पादक र समाजबीचको सम्बन्ध स्थापित हुन्छन्।
 
[[समाजका लागि बजारशासात्रको महत्व]]
 
बजारशास्त्रको महत्व समाजको लागि त्यतिकै महत्वपूर्ण रहेको छ। बजारशास्त्र क्रियाकलाप भने सामुहिक क्रियाकलाप हो। यसले समाजका बिभिन्न भागलाई केन्द्रीत गर्दछ। जसलाई निम्न रुपमा स्पष्ट पार्न सकिन्छ।
 
[[(१)रोजगारी प्रदान गर्दछ]]
 
बजारशास्त्र क्रियाकलापले बजारमा बेरोजगारी सिर्जना गर्दछ। वस्तुको बिक्री वितरण गर्ने क्रममा ढुवानी , खुद्रा बिक्री , थोक बिक्री , भण्डारण , विज्ञापन , सञ्चार क्रियाकलापहरु मानव संसाधन विना सम्भव हुँदैन त्यसैले बजारशास्त्रका कारण समाजमा पर्याप्त रोजगारीको सिर्जना हुन्छ।
 
[[(२)मन्दिबाट सुरक्षा]]
 
बजारमा माग भन्दा उत्पादित सामान बढी हुन गयो भने अर्थात उत्पादन गरेको सामानलाई विक्री वितरण गर्न सकिएन भने समाजमा मन्दिको अवस्था सिर्जना हुन सक्छ। बजारशास्त्रका कारण उत्पादित सामानलाई निरन्तर रुपमा बिक्री वितरण गर्न सकिन्छ। माग पूर्वानुमान पनि गर्न सकिन्छ। जसबाट आर्थिक मन्दि आउन पाँईदैन।
 
[[(३)राष्ट्रीय आयमा बृद्धि]]
 
बजारशास्त्र क्रियाकलापका कारण बिक्रीमा बृद्धि हुन्छ जसका कारण राजस्वमा पनि वृद्धि हुन्छ वढी नाफा कमाउँदा उत्पादकहरुले कर पनि बढी तिर्नुपर्ने हुन्छ जसबाट राष्ट्रीय आयमा वृद्धि हुन्छ।
 
[[बजारशास्त्रका अवधारणाहरु]]
 
बजारशास्त्र सम्बन्धमा के कस्ता कुराहरुलाई बढी केन्द्रीत राखि बजारशास्त्र बारे अध्ययन गर्न थालियो तीनिहरुलाई नै बजारशास्त्रको अवधारणा मानियो। बजारशास्त्र ग्राहकमुखी हुनुपर्छ। उत्पादकको उद्देश्य पनि पूरा हुने खालको हुनुपर्छ। बजारशास्त्रमा कर्म गर फलको आश नगर भन्ने भनाई लागू हुन सक्दैन बजारशास्त्रमा विभिन्न अवधारणाहरु राख्दै आएको पाईन्छ।
 
[[(१)उत्पादन अवधारणा]]
 
उत्पादन अवधारणा बजारशास्त्रको पूरानो अवधारणा हो। यस अवधारणाले वस्तुहरु बृहत् मात्रामा उत्पादन गर्नुपर्छ भन्ने भावना राख्नुपर्दछ। 1960-70 तिर [[जापान]]का धेरै कम्पनीहरुले यो अवधारणा अपनाएका थिए। आजभोलि पनि [[नेपाल]]मा यो अवधारणा रहदै आएको पाईन्छ। यो अवधारणामा प्रारम्भ बिन्दु कारखाना हुन्छ भने मुख्य जोड उत्पादन हुन्छ र उत्पादकको नाफा उत्पादन कुशलतामा निर्भर रहन्छ।
 
[[(२)वस्तु अवधारणा]]
 
बजारशास्त्रको वस्तु अवधारणाले वस्तुको गुणस्तरलाई बढी जोड दिन्छ। यस अवधारणा अनुसार कुनै पनि उत्पादकले कुशल व्यवस्थापन, उच्च कार्य कुशलता तथा आधुनिक प्रविधि द्वारा न्यून मूल्यमा उच्च गुणस्तरीय वस्तु उत्पादन गर्न सक्नुपर्दछ। यस्तो अवधारणा राख्ने व्यवसायीक तथा उत्पादकहरुले गुणस्तरीय वस्तु उत्पादन गर्छन्। बजारशास्त्रको वस्तु अवधारणाको प्रारम्भिक बिन्दु कारखाना हुन्छ भने मुख्य जोड वस्तुको गुणस्तरमा हुन्छ त्यस्तै यसको मुख्य उद्देश्य गुणस्तरीय वस्तु मार्फत मुनाफा आर्जन गर्नु हो। यस अवधारणाले वस्तुको गुणस्तरमा बढी जोड दिन्छ। प्रतिस्पर्धीहरुको तुलनामा आफ्नो वस्तुको गुणस्तर राम्रो हुनुपर्दछ।
 
[[(३)बिक्री अवधारणा]]
 
यस अवधारणाले वस्तुको उत्पादन र गुणस्तरलाई भन्दा वस्तु बिक्री गर्ने कार्यलाई ठान्दछ। वस्तु तथा सेवा जति नै राम्रा र गुणस्तरीय भएतापनि यसलाई बिक्री गर्न नसकेमा त्यसको कुनै अर्थ रहँदैन। वस्तुलाई उत्पादन गरिसकेपछि अन्य वस्तुको तुलनामा आफ्ना वस्तु गुणस्तरीय र भिन्न प्रकितिको छ भन्ने बारेमा पर्व्धनात्मक क्रियाकलापको माध्यमबाट ग्राहकलाई जानकारी दिनुपर्छ। जसका कारण ग्राहकप्रति वस्तु तथा सेवाको बारेमा सकारात्मक छाप पर्न आउँछ र उत्पादकहरु सफल हुन्छन्।
 
बाँकी पछि
"https://ne.wikipedia.org/wiki/बालकुमारी" बाट अनुप्रेषित