"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
 
'''हाइपोथर्मिया''' भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेन्हाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ। यसको लक्षण तापक्रम अनुसार फरक-फरक हुन सक्छ। मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ। मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमाग सुस्तता बढेर जान्छ। कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ।<ref name=NEJM2012>{{cite journal|last1=Brown|first1=DJ|last2=Brugger|first2=H|last3=Boyd|first3=J|last4=Paal|first4=P|title=Accidental hypothermia.|journal=The New England Journal of Medicine|date=Nov 15, 2012|volume=367|issue=20|pages=1930–8|pmid=23150960|doi=10.1056/NEJMra1114208}}</ref>
 
 
हाइपोथर्मिया मुख्यतया दुई कारणहरूले हुने गर्दछ। साधारणतया यो समस्या लामो समयसम्म चिसोमा बस्नाले लाग्ने गर्दछ।<ref name=Rosen2010/> त्यस्तै कुनै कारणले शरीरमा ताप उत्पादन घट्यो वा शरीरबाट ठूलो मात्रामा ताप बाहिरियो भने पनि हाइपोथर्मिया हुन सक्छ।<ref name=Rosen2010>{{cite book |title=Rosen's emergency medicine: concepts and clinical practice 7th edition |last=Marx |first=John |year=2010 |publisher=Mosby/Elsevier|location=Philadelphia, PA |isbn=978-0-323-05472-0 |page=1870 |url= }}</ref> यस्तो हुनुमा अल्कोहलले शरीरलाई पुर्याउने असरको (अल्कोहल इन्टक्सिकेसन) मुख्य भुमिका रहेको हुन्छ भने रगतमा चिनीको मात्रा कम हुनु, खानमा रुची नहुनु तथा बृद्धावस्थाका कारणले पनि शरीरको तापक्रम घट्न सक्छ।<ref name=Rosen2010/><ref name=NEJM2012/> शरीरमा सञ्चालन हुने तापक्रम नियमन प्रक्रियाले (थर्मोरेगुलेसन) शरीरको तापक्रम साधारणतया ३६.५-३७.५ डिग्री सेन्टिग्रेड (९७.७-९९.५ डिग्री फरेन्हाइट)को हाराहारीमा राख्ने गर्दछ। शरीरको तापक्रम बढाउन काम्ने, जीउ चलाउने क्रियाकलाप बढाउने, तातो वस्तुले सेकाउने र न्यानो कपडा लगाउने गर्न सकिन्छ।<ref name=NEJM2012/> यदि कुनै मानिस यसको जोखिममा रहेको अवस्थामा छ भने उसले देखाउने लक्षणका आधारमा हाइपोथर्मियाको पहिचान गर्न सकिन्छ नत्र अन्य अवस्थामा पहचानको लागि उसको शरीरको तापक्रम नाप्नु पर्ने हुन्छ।<ref name=NEJM2012/>
 
मन्द खालको हाइपोथर्मियाको उपचार गर्न ताता पेयपदार्थहरू पिउने, विभिन्न शारीरिक क्रियाकलापहरू गर्ने र न्यानो लुगा लगाउने गर्न सकिन्छ। मध्यम खालको हाइपोथर्मिया भएका मानिहरूलाई तातो बनाउने विद्युतीय कम्बलहरू वा तताइएका नसाबाट दिइने तरल पदार्थहरू सिफारिस गरिन्छ। मध्यम तथा कडा खालको हाइपोथर्मिया भएका मानिहरूलाई हल्कासँग यताउता सार्नु पर्छ। कडा खालको हाइपोथर्मिया भएमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजिनेसन (इसिएमओ) वा कार्डियोपल्मोनरी बाइपास लाभदायक हुन सक्छ। यदि बिरामीको नाडीको गति महशुस भएन भने माथि उल्लेखित उपचारका साथमा कार्डियोपल्मोनरी रिसक्सिकेसन (सिपिआर) पनि गरिनु आवस्यक छ। बिरामीको शरीरको तापक्रम ३२ डिग्री सेन्टिग्रेड (९० डिग्री फरेन्हाइट) नपुगेसम्म शरीरलाई निरन्तर तताउनु पर्छ। यदि यो बिन्दुमा पनि बिरामीमा कुनै सुधार आएन भने वा कुनै पनि समय रगतमा पोटासियमको मात्रा १२ एममोल प्रति लिटरभन्दा बढि छ भने सिपिआर बन्द गर्नु पर्छ।<ref name=NEJM2012/>
 
<ref name=Brac2012>{{cite book|last1=Bracker|first1=Mark|title=The 5-Minute Sports Medicine Consult|date=2012|publisher=Lippincott Williams & Wilkins|isbn=9781451148121|page=320|edition=2|url=https://books.google.ca/books?id=-LOm9enAxQ8C&pg=PA320}}</ref>
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित