"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
नेपोलियन कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। उनका पुर्खाहरू इटालेली राज घरानाका थिए जो १६औं सताब्दीमा कोर्सिका आएर बसे। राम्रो शैक्षिक योग्यता प्राप्त गरेका उनी अध्ययनमा गहिरो रुचि राख्दथे। नेपोलियन कोर्सिकाली लवजमा उत्कृष्ट [[फ्रेन्च भाषा]] बोल्दथे। कट्टरपन्थी ज्याकब्लिन गुटका समर्थक उनको सैन्यकलाले तिब्र गतिमा ख्याति पाउन सफल भयो। उनले सन् १७९६ देखि १७९९ सम्म [[इटाली]] तथा [[इजिप्ट]]मा चलाएको चर्चित सैन्य अभियानपश्चात उनी क्रान्तिको नेताको रूपमा उदाए।
 
नेपोलियन सन् १७९९ मा शक्ति हत्याउन सफल भए र उनी फ्रान्सको केही बाहेक नियन्त्रणमा राख्दै प्रथम कन्सुलको रूपमा आफूलाई स्थापित गरे। सन् १८०४ मा उनलाई फ्रान्सेली जनताको सम्राटको रूपमा राज्याभिषेक गरियो। उनले पोप तथा क्याथोलिक चर्च सँगचर्चसँग राम्रो सम्बन्ध स्थापित गरेर धार्मिक शक्तिबाट खतरामुक्त रहे। क्रान्तिको समयमा देश निकाला गरिएकाहरूलाई फिर्ता आउन अनुमति दिएर उनले फ्रान्समा नयाँ खालको अभिजात वर्ग सुरु गरे। उनले लगातार रूपमा धेरै लडाइँ लडे जसलाई नेपोलियनकालिन(नेपोलियोनिक) युद्धको नामले पनि चिनिन्छ। फ्रान्सेली साम्राज्यका विरुद्ध निरन्तर परिवर्तन भइरहने गठबन्धनहरूसँगका ती युद्धहरू अत्यन्तै जटिल पनि थिए। सन् १८१५ मा उल्म तथा अस्ट्रालिजको विजयसँगै उनले तेस्रो गठबन्धनलाई समाप्त पार्दै पुरानो रोमन साम्राज्य समाहित गरेर कनफेडरेसन अफ द राइनको स्थापना गरे। यद्यपी सन् १८०५ को अक्टोबरमा ट्राफल्गरमा उनको जलसेना ध्वस्त भयो भने [[बेलायत]]ले फ्रान्सेली समुद्रतटमा जलनाकाबन्दी लगायो। त्यसको जवाफमा उनले बेलायतसँग युरोपेली व्यापारमा कटौति गर्न महादेशीय प्रणाली लागू गरे। फ्रान्सेली साम्राज्यका विरुद्ध चौथो गठबन्धन पनि बनेको थियो तर सन् १८०६ मा जेना-अयुर्स्टेड तथा सन् १८०७ मा भएको अर्को लडाइँमा यो परास्त भयो। यी लडाइँमा भएको फ्रान्सको जितकै कारण प्रसिया टुक्रियो र पोलिस राज्य पुन अस्तित्वमा आयो। नेपोलियनले सन् १८०९ पाँचौं गठबन्धनलाई पनि वाग्राममा हराउँदै युरोप महादेशभर आफ्नो दबदबाकायम राख्न सफल भए। नेपोलियनले पटक पटक बनेका विभिन्न गठबन्धनलाई चिर्दै तथा मित्र राष्ट्रहरूको आफूतिरको झुकावलाई कायम राख्दै फ्रान्सको बर्चश्व कायम राखे। उनले यसका लागि फ्रान्सका उपनिवेसका रूपमा रहेका अन्य युरोपेली राष्ट्रहरूमा आफ्नै परिवारका सदस्यहरूलाई शासक नियुक्त गरेका थिए।
नेपोलियन सन् १८०२ देखि १८०५ सम्म राष्ट्रपति थिए, सन् १८०५ देखि १८१४ सम्म इटालीका राजा भए, सन् १८०३ देखि १८१३सम्म स्विस महासंघका मध्यस्थकर्ता तथा सन् १८०६ देखि १८१३सम्म राइनको संरक्षक थिए। सन् १८१७ को अन्त्यमा नेपोलियनले पोर्चुगललाई पनि महादेशीय प्रणालीमा आउन बाध्य बनाउने कोशिस गरे। अर्को वर्ष उनले आफ्नै भाइ जोसेफ बोनापार्टलाई स्पेनको राजा बनाए। उनका यिनै कदमले प्रायद्विपीय युद्ध निम्त्यायो जुन अत्यन्त हिंश्रक गुरिल्ला विवादको लागि चिनिन्छ। यहि युद्धले बेलायती सेनाको पनि सामना गर्नु पर्यो भने यसकै कारण फ्रान्सको स्रोत तथा सामर्थ्यमा ह्रास आयो।