"हर्रो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
:एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
 
हरड़ः हर्रो को नामबाट हामी सबै परिचित छौ। यस्को बोट जत्रतत्र पाइने गर्दछ। यस्को रङ्ग कालो तथा पहेंलो हुन्छ। यस्को स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ। आयुर्वेदिक मतानुसार हरड़ः हर्रोमा पाँचै रस- मधुर, तीखा, कड़ुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानुसार हरड़ को रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०%, टैनिन एसिड ३०-४५%, गैलिक एसिड, ग्लाइकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ। ग्लाइकोसाइड्स कब्ज़ियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन्:-
<gallery>
१- हरड़ को टुक्रो चपाएर खानाले भोक बढ्दछ।
Image:Harra (Terminalia chebula) trunk at 23 Mile, Duars, WB W IMG 59023.jpg|.
२- सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा)नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।
Image:Harra (Terminalia chebula) hanging fruit at 23 Mile, Duars, WB W IMG 5902.jpg|हर्रोको फल.
३- सानो हरड़लाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।
Image:Harra (Terminalia chebula) fallen fruit at 23 Mile, Duars, WB W IMG 5900.jpg| .
४- काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।
 
५- हरड़को चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त (एसिडिटी ) को सिकायत रहन्न। निर्मुल हुन्छ।
</gallery>
६- हरडको चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न।
७- हरड़ः हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/हर्रो" बाट अनुप्रेषित