"आगो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८:
</ref> पैदा गर्दछन्। दहनशील पदार्थमा सन्निहित अशुद्धिका कारण ज्वालाको [[रंग]] र आगोको तीव्रतामा अंतर हुन सक्छ। सामान्य रूपमा आगो दाह पैदा गर्दछ जसमा भौतिक रूपबाट पदार्थहरूलाई क्षतिग्रस्त गर्ने क्षमता छ।
 
=== आगको रसायन ===
[[चित्र:Fire tetrahedron.svg|thumb|आगोको रसायन]]
दहनशीलजलनशील पदार्थ पर्याप्त अक्सीजनको उपस्थितिमा पर्याप्त उष्मा र श्रृंखलाबद्ध प्रतिक्रियालाई सुचारू रूपमा चलाउनमा सक्षम भएर संपर्कमा आउँछ भने आगो पैदा हुन्छ। यीनमा कुनै एकको अनुपस्थिति भएमा आगो पैदा हुन सक्दैन।
 
यदी आगो एक पटक बल्यो भने अथवा श्रृंखलाबद्ध प्रतिक्रिया शुरू भयो भने जब सम्म अक्सीजन र दहनशीलजलनशील पदार्थको उपस्थिति रहन्छ तब सम्म त्यो बल्दै रहन्छ र फैलदै रहन्छ।
आगोलाई अक्सीजन र ईन्धनमा कुनै एकलाई अलग गरेर निभाउन सकिन्छ। आगोमा पानी पर्याप्त पर्यो भने ईन्धनलाई अक्सीजनको उपस्थितिमा बाधा पर्छ र आगो निभ्छ। आगोमा कार्बन-डाइअक्साइडको प्रयोगले पनि आगो निभाउन सकिन्छ। जंगलमा लागेको आगो निभाउनको लागी मुख्य ज्वालाबाट टाढा साना साना ज्वाला पैदा गरेर ईन्धनको आपूर्ति बन्द गरिन्छ।
 
== परिचय ==
अग्नि अथवा आगो रासायनिक दृष्टिबाट एक जीवजनित पदार्थहरूको कार्बन तथा अन्य तत्वहरूको अक्सीजन सँग यस प्रकारको संयोग हो जसबाट गर्मी (तातो) र प्रकाश उत्पन्न हुन्छ। अग्निको ठुलो उपयोगिता छ जाडोमा हाथ-खुट्टा तताउने देखी लगेर परमाणु बम द्वारा नगरहरूलाई एकै छिनमा भस्म गरिदिने जस्ता सबै कामहरू आगोले नै गर्छ। यसैबाट हाम्रो भोजन पाक्छ, यसकै प्रयोगले खनिज पदार्थहरूबाट धातुहरू निकालिन्छ र यसैले शक्ति उत्पादक इंजनहरू चल्दछन्। भूमिमा दबेका अवशेषहरूबाट थाह हुन्छ कि प्राय पृथ्वीमा मनुष्यको प्रादुर्भाव कालबाट नै उसलाई अग्निको ज्ञान थियो। आज पनि पृथ्वीमा धेरै जसो जंगली जातिहरू छन् जसको सभ्यता एकदम प्रारंभिक छ, तर यस्तो कुनै पनि जाति छैन जिसलाई अग्निको ज्ञान नहोस्।
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित