"चार धाम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
 
चार धामहरु मध्ये "बद्रीनाथ" स्थापित भए जब प्रभु बिष्णुको अवतार नर-नारायणले त्यहाँ तपस्या गरे । त्यतिबेला त्यो ठाउँमा धेरै बयरका रूखहरूले भरिएको थियो । संस्कृत भाषामा तिनीहरूलाई बद्री भनिन्छ ,तसर्थ त्यस ठाउँलाई बद्रि बन भनियो । नर-नारायण बसोबास रहेको त्यो विशेष ठाँउलाई बद्री-नाथ भनियो । यो सबै सत युगमा भयो त्यसैले बद्रीनाथ पहिलो धामको रुपमा चिनिए । दोश्रो महत्वपुर्ण धाम "रामेश्वरम" त्रेता युगमा ख्याती प्राप्त गरेको थियो । श्रीरामले यहाँ शिवको शिवलिंगलाई पुजा गरेको हुनाले यसलाई रामेश्वरम भनियो । श्रीरामलाई हिन्दु धर्म अनुसार प्रभु विष्णु को अवतार मानिन्छ । तेश्रो महत्वपुर्ण धाम "द्वारका" द्वापर युगमा ख्याती प्राप्त गरेको थियो । प्रभु कृष्ण जुनकी प्रभु विष्णुका अवतार मानिन्छन्, वहाँले आफ्नो जन्म निवास मथुराको सट्टा द्वारकालाई आफ्नो कर्मभुमि बनाएको हुनाले यसको बेग्लै महत्व रहेको छ । (श्रोत :हिन्दुहरूको सबै १८ पुराण)
 
==तिर्थस्थलहरुको विवरण==
 
भौगोलिक रुपमा हेर्ने हो भने चारै धामले भारतको पूर्ण बर्ग बनाएको छ , बद्रीनाथ र रामेश्वरम एउटै देशान्तरमा रहेका छन् भने द्वारका र पुरी एउटै अक्षांशमा रहेका छन् ।
 
(१) [[बद्रीनाथ मन्दिर|बद्रीनाथ]]
[[File:Badrinath temple.jpg|right|thumb|[[बद्रीनाथ मन्दिर|बद्रीनाथ]]]]
बद्रीनाथ भारतको उत्तरी राज्य [[उत्तराखण्ड]]मा स्थित छ । यो अलकनन्दा नदीको तटमा,गढवाल पहाडीमा अवस्थित रहेको छ । यो शहर नर र नारायण पर्वतमाला बीचको निलकण्ठ शिखर (६,५६० मिटर) को छायाँमा रहेको छ ।
 
(२) [[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]
[[File:Rameswaram Gopuram.jpg|right|thumb|[[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]]]
दक्षिणमा स्थित रामेश्वरम [[तमिलनाडु]] भारतीय राज्यमा अवस्थित छ । यो भारतीय प्रायद्वीपको मन्नारको खाडीमा स्थित छ । पौराणिक हिन्दू कथा अनुसार, यहाँ श्रीरामले, सीता मातालाई रावणको बन्धन बाट मुक्त गर्नका लागि [[श्रीलंका]] जानु पर्ने भएको हुनाले एउटा महासेतु निर्माण गरेका थिए त्यहि ठाउँनै रामेश्वरम हो । भगवान शिवलाई समर्पित [[रामानाथस्वामी मन्दिर]] रामेश्वरमको एउटा प्रमुख क्षेत्र ओगटेको छ । मन्दिर श्रीरामचन्द्र द्वारा पवित्रा दिइएको हो भन्ने विश्वास रहेको छ । वाराणसीको तीर्थयात्रा रमेश्वरमको तीर्थयात्रा बिना अपूर्ण हुन्छ त्यसकारण रामेश्वरम हिन्दूहरूको लागि महत्वपूर्ण तिर्थस्थल हो । यहाँको प्रमुख देवता रामानाथस्वामीको रूपमा रहेको छ,यो [[ज्योतिर्लिंग|बाह्र ज्योतिर्लिंगहरू]] मध्ये एक हो ।
 
(३) [[द्वारकाधिश मन्दिर|द्वारका]]
[[File:Dwarkadheesh temple.jpg|thumb|[[द्वारकाधिश मन्दिर|द्वारका]]]]
पश्चिममा स्थित द्वारका [[गुजरात]], भारतीय राज्यमा अवस्थित छ । यस शहरको नाम संस्कृत भाषाको शब्द द्वार अर्थात ढोका या गेट देखि प्राप्त रहेको छ । यो तिर्थ गोमती नदी जहाँ कच्छको खाडीमा विलीन हुन्छ त्यहाँ नजिक स्थित छ । यो शहर भारतको पश्चिमी भागमा रहेको छ । दिग्गज शहर द्वारका प्रभु कृष्णको निवासस्थान थियो भन्ने विश्वास रहेको छ । समुन्द्र क्षति र विनाशका कारण द्वारका शहर ६ पटक जलमग्न भइसकेको छ र आधुनिक समयमा सातौ पटक यस द्वारका क्षेत्रको निर्माण भएको हो ।
 
(४) [[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]]
[[File:Temple-Jagannath.jpg|right|thumb|[[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]]]]
पुर्वमा स्थित पुरी [[उड़िसा|उडिसा]], भारतीय राज्यमा अवस्थित छ । पुरी देशको पूर्वी भागमा सबैभन्दा पुराना शहरहरु मध्ये एक हो । यो बंगालको खाडीको तटमा स्थित छ । यहाँको मुख्य देवता प्रभु जगन्नाथको रूपमा श्री कृष्णलाई मानिन्छ ।
 
==सन्दर्भ सामीग्री==
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित