"चीनको विशाल पर्खाल" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q12501 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox World Heritage Site
{{Orphan|date=जुन २०११}}
| WHS = ग्रेटवाल (चिनको पर्खाल)
| Image = [[File:Great Wall of China July 2006.JPG|250px|चिनको पर्खाल]]
| State Party = {{flag|China}}
| Type = Cultural
| Criteria = i, ii, iii, iv, vi
| ID = 438
| Region = [[List of World Heritage Sites in Asia and Australasia|Asia-Pacific]]
| Year = १९८७
| Session = 11th
| Link = http://whc.unesco.org/en/list/438
}}
==परिचय==
अग्रेंजीमा ग्रेटवाल(Great Wall) भनिने चीनको बिशालकाय पर्खाल इशापूर्व ६५६मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए|उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाइ बढाएर लगेर आजको संरचनामा आईपुगेको छ|
ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पुर् याएको विश्वास गरिन्छ। सन् १९८७मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो ।
[[Image:GreatWall 2004 Summer 4.jpg|250px|right|चीनको ग्रेटवाल (The Great Wall)]]
 
==इतिहास==
पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनीङ प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा गान्सु प्रान्तको जीयाउग्वानमा पुगेर टुंगिएको छ । यसको लम्बाइ करिब १२७०० कि.मि. छ । जीयाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ । उक्त पर्खालको बीचबीचमा भत्केको अंश कटाउने हो भने हाल यसको लम्बाई ६३५० कि.मि.मात्र हुन आउँछ । चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र बिस्तार गर्नलाई तीन लाख कामदारहरूलाई दश बर्षसम्म काममा लगाएका थिए । त्यसपछि बिभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो । सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८-१६४४मा गरियो । अहिले पर्यटकका लागि खुल्ला गरिएको उक्त पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो । संसारको सबैभन्दा लामो यो पर्खाल चीन शान्सी प्रान्तबाट पूर्व र पश्चिमतर्फको पर्खालको बनावट उचाइ र चौडाइमा भिन्नता पाइन्छ । शान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ । जसको सरदर उचाइ ५.३ मीटर छ । पूर्वी भागतर्फको पर्खाल भने पकाइएको ईंट तथा आयताकार ढुंगाका जोडाइबाट बनाइएको छ । जसको सरदर उचाइ ७.५ मीटर छ । यस पर्खालमाथि एकैचोटी पाँचवटा घोडा दौडाउन मिल्ने चौडाइ छ ।
 
[[Image:GreatWallofQinDynasty.png|thumb|क्विन राज वंशको समयमा पर्खाल]]
[[Image:GreatWallOfHanDynasty.png|thumb|हान राज वंशको समयमा पर्खाल]]
[[Image:Great Wall of China location map.PNG|thumb|मिङ राज वंशको समयमा पर्खाल]]
[[Image:Map of the Great Wall of China.jpg|thumb|पर्खालको नक्सा]]
 
==उपयोग==
पर्खाल खासगरी सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न सोहीअनुरूप निर्माण गरिएको छ । सैनिकहरूलाई सुरक्षा दिन पर्खाल एक मीटर जति अग्लो ढुंगाको जोडाइ गरी उठाइएको छ । पर्खालमा शत्रु पक्षलाई हेर्न स-साना प्वालहरू बनाइएको छ । प्रत्येक तीनसयदेखि पाँचसय मीटरको फरकमा पर्खालमाथि छानो लगाइएका स-साना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन युद्ध रणनीति तयार पार्न र शत्रूपक्षलाई निगरानी गर्नका लागि बनाइएका हुन् । त्यति लामो ग्रेटवाल मुनिबाट वारिपारि जाने उद्देश्यले मुख्य-मुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ । ग्रेटवालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण र कलात्मक छ । सन् १३४५मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट ५० कि.मी. उत्तर पश्चिममा पर्दछ । यस प्रवेशद्वारको माथि सेता मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ । त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक ६ पाटे ढोका छ । ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएका छन् । त्यही ढोकाको खापामा बुद्धको आकृति खोपिएको छ । त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू लेखिएका छन् । संस्कृत, तिब्बती, मंगोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरू ६०० बर्षअघि खोपिएका हुन् । सुरक्षाको दृष्टिकोणबाट त्यसबेला बनाइएको ग्रेटवाल मौलिक तथा चिनियाँ शैलीको छ । तर यो पर्खाल निर्माणको सोचचाहिँ पश्चिमी मुलुकबाट प्रभावित भएको अनुमान गरिन्छ। प्राचीन ग्रीक तथा रोमले स्कटल्याण्ड र इङल्याण्डको बीचमा सुरक्षाका लागि ग्रेटवाल बनाउनुअघि नै हयाड्रीयन पर्खाल बनाइसकेका थिए ।
 
'''चीनको विशाल पर्खाल''' [[माटो]] र [[ढुंगा]]बाट बनेको एउटा किलानुमा पर्खाल हो जस्लाई [[जनबादी गणतन्त्र चीन|चीन]]को विभिन्न शासकहरू द्वारा उत्तरी हमलावरहरूबाट रक्षाको लागि [[पाँचौँ शताब्दी]] ईसा पूर्वदेखि सोह्रौँ शताब्दी सम्म बनाईयो। कई पर्खालहरू कि सामूहिक रूपले महान पर्खाल, जुन पुनर्निर्माण गरिएको छ र 5 औं शताब्दी ईसा पूर्व देखि 16 औं सताब्दीको माध्यमले बनाए राखयोको रूपमा सन्दर्भित गर्दै छन् 5 औं शताब्दी ईसा पूर्व पछि देखि निर्मित गरिएको छ। यसको विशालताको अंदाज यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढांचालाई अन्तरिक्षबाट पनि हेर्न सकिन्छ।
Line २४ ⟶ ५०:
Image:GreatWall_2004_Summer_1.jpg|
</gallery></center>
==यो पनि हेर्नुहोस्==
{{आधुनिक विश्वका सात आश्चर्यहरू}}
 
==सन्दर्भ सामग्रीहरू ==
== रिफ्रेन्स ==
{{reflist}}
 
== . ==