"ओसामा बिन लादेन" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:विश्वका चर्चित व्यक्तित्त्वहरू हटाइयो; [[श्रेणी:विश्वका चर्चित व्यक्तित...
सा clean up, replaced: संग → सँग (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १७:
'''ओसामा बिन लादेन''' १० मार्च १९५७मा [[साउदी अरब]]को एक धनी परिवारमा जन्मे। मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी। मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन्। उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो। जब लादेनका बाबुको १९६८मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे।
साउदी अरब के साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजीकिए।
अनेकाँै बहस र अध्ययनपछि पश्चिमी देशमा बढेको सामाजिक र पारिवारिक मूल्यको पतनविरुद्धमा देखापरे। त्यसअघि आफ्नो परिवारसँग युरोप घुम्न जाँदा फेसेनेबेल कपडामा देखिएका थिए।
 
तर जब १९७९मा [[सोवियत संघ|सोभियत संघ]]ले [[अफगानिस्तान]]माथि हमला गर् यो ओसामाले सुख-सुविधाको जीवन त्यागे र मुजाहिद्दिनसँग हात मिलाए। अफगानिस्तानमा अरबी मानिससँग मिलेर अभियान चलाउने समयमा उनले [[अलकायदा]]को मूल संगठनसँगठन स्थापना गरे। अफगानिस्तानबाट फर्केपछि उनले साउदी अरबका शासकको विरोध गर्नसमेत भ्याए। ओसामा भन्थे साउदी अरबको शासकले नै अमेरिकी सेनालाई साउदी अरबमा िभœयाएका हुन्। मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितिलाई लिएर असन्तुष्ट लादेनले १९९८मा [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को विरुद्धमा युद्धको घोषणा गरेका थिए। १९९४मा अमेरिकी दबाबका कारण साउदी अरबले उनको नागरिकता खारेज गरेको थियो। त्यसपछि उनी [[सुडान]] हँुदै १९९६ पुनः अफगानिस्तान पुगे।
 
१९९८मा केन्या र [[तान्जानिया]]को अमेरिकी दूतावासमा भएको बम हमलामा दुई सय २४ मारिए भने पाँच हजार घाइते भए। अमेरिकाले त्यो हमलाको मुख्य योजनाकार बिन लादेन भएको अमेरिकाले आरोप लगायो। यसपछि अमेरिकाले ओसामालाई दुस्मनका रूपमा हेर्न थाल्यो। अमेरिकी गुप्तचर संगठनलेसँगठनले उनलाई समाप्त गर्न दुई करोड पचास लाख अमेरिकी डलरको पुरस्कार राशिसमेत तोक्यो।
 
पूर्वी अफगानिस्तानमा ६ प्रशिक्षण शिविरमा अमेरिकाले ओसामालाई मार्न ७५ वटा क्रुज मिसाइल हान्यो तर एक घण्टाअगावै बिन त्यहाँबाट फरार भइसकेका थिए। विन अपि्रुकामा बम विस्फोट १९९३मा वल्र्ड ट्रेड सेन्टरमा बम विस्फोट १९९५मा रियादमा कार बम विस्फोट र साउदी अरबमा ट्रक बम हमलाको दोषी पाइए।
 
सन् २००१ सेप्टेम्बर ११मा अमेरिकी [[वल्र्ड ट्रेड सेन्टर]] ध्वस्त पारेपछि बिन लादेन विश्वका सबै मानिसले चिन्ने पात्र भइसकेका थिए।