"पाटे बाघ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
 
वैज्ञानिक नाम प्याथरा टाइग्रिस टाइग्रिसले चिनिने पाटे बाघ (बंगाली बाघ)हरू मूलतः [[भारत]], [[नेपाल]] र [[बंगलादेश]]को रैथाने जनावर हो । बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छ । घांसेमैदान देखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमी आशपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओशीला दलदलहरूमा समेत बाघले आफ्नो वासस्थान बनाएको हुन्छ । जङ्गलमा खुल्लारूपमा विचरणगर्ने भाले बाघहरू साधारणतयअ २०५ देखि २२७ किलोग्राम सम्म तौल भएका हुन्छन् भने पोथी बाघहरू औशत रूपमा करिब १४१ किलोग्राम तौलका हुन्छन् । यद्यपी नेपाल तथा उत्तरभारतमा पाइने पाटे बाघहरू दक्षिण भारतमा पाइने बाघहरू भन्दा केही ठूलो शरीरका हुन्छन् जसको भालेको तौल लगभग २३५ किलोग्राम सम्मको हुन्छ । संरक्षणवादीहरूको दावी अनुसार अहिले पाटे बाघहरूको सङ्ख्या २००० भन्दा पनि कम भैसकेको छ । भारत सरकारको राष्ट्रिय बाघ संरक्षण विभागले गरेको पछिल्लो सर्बेक्षण अनुशार विगत १० वर्षमा बाघको सङ्ख्यामा ६०% कमी आएर अहिले करिब १,४११ पाटे बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ । सन् १९७२ देखि धेरै वन्यजन्तु संरक्षण अभियान सञ्चालन भएकाछन्, बाघ संरक्षणका लागि विभिन्न योजनाहरू सार्वजनिक गरिएका छन् । भारतीय अधिकारीहरूको पहलकदमीका बाबजुद भारतको सरिस्का बाघ आरक्षणबाट बाघ पूर्णरूपमा लोप भैसकेको छ ।
 
==नेपालमा पाटे बाघ==
[[राष्ट्रिय प्रकृति संरक्षण कोष]]ले विसं २०७० मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा बाघको संख्या १ सय ७६ (विसं २०६५) बाट बढेर १ सय ९८ पुगेको छ । जसमध्ये [[चितवन राष्ट्रिय निकुञ्ज]]मा १ सय २०, [[बर्दिया राष्ट्रिय निकुञ्ज]]मा ५०, [[शुक्लाफाँटा बन्यजन्तु आरक्ष]]मा १७, [[पर्सा वन्यजन्तु आरक्ष]]मा ७ र [[बांके राष्ट्रिय निकुञ्ज]]मा ४ वटा बाघ रहेका छन् । चितवनमा विसं २०६५ भन्दा पाँच वटा बयस्क बाघ घटेका छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १३ वटा बाघ बढेको कोषले जनाएको छ । <ref name=tigerNP>{{cite web|title=नेपालमा बाघको संख्या १ सय ९८|url=http://imagechannels.com/samachar/thap_janakari/29836|work=imagechannels.com|publisher=इमेज च्यानल टेलिभिजन|accessdate=30 July 2013}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पाटे_बाघ" बाट अनुप्रेषित