कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
==औषधोपचार==
*जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ ।
#*पिसाब रोग र पत्थरी भएमा
:जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
#*अमलपित्त भएमा
:जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १\१ चम्चा बिहान\बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
#*शूल भएमा , धेरै दीसा लागेमा
:जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिंग १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा
मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
#*आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
:जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
#*ज्वरो आएमा
:जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
#* कुनैपनि साधारण दुखाईमा
:जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
*अण्डकोष बढेमा
:यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
*स्त्रीजातिको सेतोपानी आउने रोगमा
:जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १\१ चम्चा बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
*साधारण चिलाउने रोगमा
:१ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।
*अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान÷बेलुका खाना खानु अगाडि १\१
चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
*मुखमा पोतो वा दाग आएमा
:जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/जीरा" बाट अनुप्रेषित