"बेनजिर भुट्टो" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै, added orphan tag
सा (HotCat द्वारा श्रेणी:जीवनी जोडियो)
सा (हिज्जे मिलाउँदै, added orphan tag)
{{Orphan|date=जुन २०१३}}
 
'''बेनजिर भुट्टो''' (सन् १९५३ - सन् २००७) [[पाकिस्तान]]को पूर्वप्रधानमन्त्री हुन्। उनी [[पाकिस्तान]]को पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो ।
 
== पिताको पथ ==
उनका पिताको नाम [[ज़ुल्फिकर अली भुट्टो]] हो । माताको नाम [[नुसरत भुट्टो]] हो । उनी पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। ज़ुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनज़ीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफ़र्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनज़ीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
सन् १९८६ मा१९८६मा उनि देश फर्किन्।
 
== परिवार ==
उहाँको विवाह सन् १९७८ डिसेम्बर १७ मा१७मा सिन्धी व्यापारी-परिवारका [[आसिफ अली जर्दारी]]सँग भयो। जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए।
 
== प्रधानमन्त्री ==
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्तसम्म [[पाकिस्तान पीपल्स पार्टि]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनज़ीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा१४मा सपथग्रहण गरी बेनज़ीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फ़ारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनैतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
 
[[दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
 
== निधन ==
स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७ मा२७मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक [[''डौटर अफ़ द ईस्ट'']] प्रकाशित छ।
 
==बाहिरी लिङ्कहरू==
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/346715" बाट अनुप्रेषित