"समाचार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
==इतिहास==
सत्रौं सताब्दीको सुरूमा समाचारपत्रको आविष्कार हुनुभन्दा पहिला, ठूला साम्राज्यहरूमा सरकारका कामकाजका कागजपत्र तथा सरकारी निर्णयहरूको सञ्चार हुनेगर्दथ्यो ।<ref>[http://mashable.com/follow/topics/news/ ]{{dead link|date=March 2012}}</ref> वाहकहरूको व्यवस्थित प्रयोग गरी लिखित दस्तावेजहरूको सञ्चारमा प्राचिन [[मिश्र]]का शासकहरू अग्रस्थानमा आउँछन् । २४०० बिसीदेखि नै मिश्रका फारोहहरू आफ्ना लिखित निर्णय तथा आदेशहरू साम्राज्यभरि फैलाउन विभिन्न सन्देशवाहकहरूको प्रयोग गर्दथे ।<ref>{{cite web|url=http://www.ucsams.nl/ |title=United Courier Systems |publisher=Ucsams.nl |date= |accessdate=2012-03-09}}</ref> त्यसभन्दा पहिलादेखि प्रचलनमा रहेको मौखिक सञ्चारको प्रचलनलार्इ नै सुधार गरी लिखित सञ्चार प्रणालीको विकास गरिएको थियो । प्राचिन रोममा [[जुलियस सिजर]]ले सरकारी निर्णयहरू सार्वजनिक गर्ने प्रचलन ल्याएका थिए । त्यो समयमा सरकारी निर्णयहरू ढुङ्गा वा धातुका पातामा कुँदेर सार्वजनिक स्थानमा राखिन्थ्यो जसलार्इ एक्टा डाइअर्ना (Acta Diurna) भनिन्थ्यो । [[चीन]]मा दोस्रो र तेस्रो सताब्दीमा [[हान वंश]]को अन्तिम समयमा सरकारले तयार गर्ने तिपाओ (Tipao) भनिने समाचारपत्रहरू अदालतका कर्मचारीहरूलार्इ बाँडिन्थ्यो ।
 
 
==समाचारका परिभाषाहरू==
"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित