"गोलभेडा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
==पानी तथा सिँचाइ==
टमाटरलाई धेरै सतर्कतापूर्वक सिँचाइ गर्नुपर्छ। बालीको ओसको आवश्यकता पूरा गर्नको निम्ति पानीको स्तरले प्रमुख भूमिका खेल्ने देखिएको छ। ठाडो बालीलाई प्रत्येक पाँचदेखि सात दिनको भित्रमा र भुइँमा झ्याँगिएको बालीलाई हरेक १० दिनमा पानी लगाउनुपर्छ। फल लाग्ने समयमा अचानक धेरै पानी परेपछि सुक्खा अवधि भएमा फल चिरा पर्छ। साधारणत: खुला कुलो बनाएर पनि पानी लगाउने प्रचलन छ। यो विधि धेरै किफायती छ र खुला खेतमा गुणस्तरीय टमाटर उत्पादन हुन्छ। माथिबाट छिट्ने विधिलाई पनि परिवर्तन गरिएको छ जसले सिँचाइसँग मल पनि प्रदान गर्छ। यो विधि अधिकांश ग्रीनहाउस, ग्लास हाउस वा पोली हाउसमा प्रयोग गरिन्छ।
 
=जलवायुको आवश्यकता ==
टमाटर एक गर्मी मौसमको बाली हो, तर यो ठण्डी मौसममा पनि व्यापक रूपमा उत्पादन गर्न सकिन्छ। यसको बोटले धेरै तुषारो सहन सक्दैन। २१ देखि २३ डिग्री सेन्टिग्रेडको औसत मासिक तापमानमा यसको फसल राम्रो हुन्छ, तर व्यापारिक रूपमा यो १८ देखि २७ डिग्री सेन्टिग्रेड तापमानसम्म उत्पादन गर्न सकिन्छ।
 
धेरै उच्च र धेरै निम्न तापमानमा बीजको अंकुरण कम, बिरुवा वृद्धि कम, फूल झर्ने हुन्छ, जसबाट टमाटरको गुणस्तर र उत्पादनमा कमी आउँछ। तापमान, साथसाथै प्रकाशको चर्कोपनले यसको फल लाग्ने क्रिया, रंग र फलको पौष्टिक मूल्यलाई असर गर्छ। सिक्किममा बर्खायाममा अत्यधिक पानी पर्ने हुनाले त्यस समय यसको उत्पादन पोलीहाउसमा नै सीमित हुन्छ।
 
 
 
 
"https://ne.wikipedia.org/wiki/गोलभेडा" बाट अनुप्रेषित