"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
| religion = [[हिन्दु]]
| children =
| parents = कृष्णमान कायस्थ <br />मीरा कायस्थ
| relatives = न्हुच्छेमान कायस्थ(हजुरबुबा)<br />नानीमाया कायस्थ(हजुरआमा)
| signature =
पङ्क्ति २९:
 
२०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट [[काभ्रेपलाञ्चोक जिल्ला,काभ्रे]] जिल्ला, [[उग्रचन्डीनाला]]का [[भीमसेन दाहाल]]को मृत्यु भैसकेको थियो । भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो । शव लिन नालाबाट [[धुलिखेल]] आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो । [[शिवहरि कुँवर]] घटनास्थलमै मारिए भने मुकेश घाइते भए । मुकेशसँगै बनेपाकै [[बिक्रम कपाली]]लाई गोलीको छर्राले लाग्यो । उनलाई भारतमा उपचारपछि निको भइसकेको छ । बिक्रमको देब्रे कञ्चटमा लागेको गोलीले अझैसम्म बोली आउन सकेको छैन । भीमसेनको पोखरामा हत्या भएपछि उर्लेको भिडले बनेपास्थित दूरसञ्चार कार्यालय, विद्युत प्राधिकरण र बनेपा नगरपालिकामा क्षति पुर्याएएका थिए । शिवहरिको मृत्यु भएको थाहा पाएपछि सोही दिन राति अर्थात २०६२ चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपामा स्थानीयबासीहरुले आगो लगाएर ध्वस्त बनाइदिए । तत्काल बनेपाकै [[शिर मेमोरियल अस्पताल]] लगिएका मुकेशलाई उपचार हुन नसक्ने बताइएपछि वीर अस्पताल लगियो । उनलाई तत्कालीन इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक रामप्रसाद घर्तीमगरले गोली ठोकेका थिए । <ref name=Muk-janaastha>{{cite web| title= कसैले नबाँचोस् यस्तो जीवन|url=http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=6406| publisher='''जनआश्था दैनिक'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
 
अस्पतालबाट बनेपा ल्याइएको केही दिनपछिदेखि नै उपचारमा दलहरुले ध्यान नदिएको भन्दै स्थानीय युवाले अरनिको राजमार्ग बन्द गराएपछि मुकेशलाई २०६४ फागुन २२ गते काठमाडौंको न्युरो सर्जनमा लगी उपचार शुरु गरिएको थियो। त्यहाँ नियमित छ महिनासम्म उपचार गराएपछि २०६४ भाद्र ७ गते बनेपा फर्काइयो। सरकारले मुकेशका लागि शुरुमा एकमुष्ट साढे नौ लाख रकम दिएको थियो। बनेपामा होटल ब्यवसाय गर्दै आएका मुकेशका परिवारको मुकेश घाइते भएपछि पसल नै बन्द भएको थियो। छ महिनासम्म कर्मचारीम्ाार्फत चलाउने प्रयास गरे पनि नचलेका कारण पूर्णरुपमा नै बन्द भएको बाबु कृष्णमान कायस्थले जानकारी दिनुभएको छ । मुकेशसँगै उनको परिवार सबै बिरामी परेको थियो। अहिलेसम्म परिवारले के गर्ने भन्ने वारेमा ठोस योजना बनाई नसकेपनि बन्द भएको होटललाई नयाँ रुपमा चलाउने प्रयास गरेको कृष्णमानले बताए । <ref name=Muk-janaastha/>
 
 
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित