"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
शारीरिक बनावट सामान्य भइसकेको छ । मोटाएका छन् । नियालेर हेरे मात्र टाउकामा खोपिल्टो जस्तो देखिन्छ । यो पनि बिस्तारै पुरिँदै आएको छ । बाहिरबाट हेर्दा अरू खोट देखिँदैन । उनी बायाँ हात टेकेर पलेटी मारेर बस्न सक्छन् । दूध र बिस्कुट दिए खुसी हुन्छन् । उसलाई मन नपर्ने खानेकुरा दिए मुख फर्काउँछन् । 'फकाइफकाई खुवाउनुपर्छ,' हजुरबुबा न्हुच्छेमान भन्छन् । झर्किएर गाली गरे खान मान्दैनन् । उनलाई १७ महिनासम्म पाइपबाटै खुवाउनुपर्‍यो । मुकेशलाई परिवारले ११ महिना वीर अस्पतालमा राखेको थियो । सानातिना गरी उनको नौ पटक शल्यक्रिया गरिएको थियो । त्यहाँबाट घर फर्काएको एक सातामै थप उपचारका लागि परिवार र शुभेच्छुकले काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल पुर्‍याए । छ महिनापछि फेरि घर ल्याइयो । 'बेलाबेलामा 'फलो अप' का लागि परिवारले अस्पताल लैजाने गरेका छन् ।<ref>{{cite web| title= जिउँदा सहिद भन्छन्- आश्चर्य भइदिओस|url=http://www.merolinks.com/nepali-blogs/%E0%A4%9C%E0%A4%BF%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A6-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A4%86%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%AF-%E0%A4%AD%E0%A4%87%E0%A4%A6%E0%A4%BF/| publisher='''Merolinks.com'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट काभ्रे नालाका भीमसेन दाहालको मृत्यु भैसकेको थियो। भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो। शव लिन नालाबाट धुलिखेल आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो। शिवहरि कुँवर घटनास्थलमै मारिए भने मुकेश घाइते भए। मुकेशसँगै बनेपाकै बिक्रम कपालीलाई गोलीको छर्राले लाग्यो। उनलाई भारतमा उपचारपछि निको भइसकेको छ। बिक्रमको देब्रे कञ्चटमा लागेको गोलीले अझैसम्म बोली आउन सकेको छैन। भीमसेनको पोखरामा हत्या भएपछि उर्लेको भिडले बनेपास्थित दूरसञ्चार कार्यालय, विद्युत प्राधिकरण र बनेपा नगरपालिकामा क्षति पुर्याएएका थिए। शिवहरिको मृत्यु भएको थाहा पाएपछि सोही दिन राति अर्थात २०६२ चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपामा स्थानीयबासीहरुले आगो लगाएर ध्वस्त बनाइदिए। तत्काल बनेपाकै शिर मेमोरियल अस्पताल लगिएका मुकेशलाई उपचार हुन नसक्ने बताइएपछि वीर अस्पताल लगियो। उनलाई तत्कालीन इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक रामप्रसाद घर्तीमगरले गोली ठोकेका थिए। <ref>{{cite web| title= जिउँदाकसैले सहिदनबाँचोस् भन्छन्-यस्तो आश्चर्य भइदिओसजीवन|url=http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=6406| publisher='''Merolinks.comजनाआश्था दैनिक'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित